१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा थप मानवीय क्षति हुन नदिन मोघेरिनीको आग्रह

अ+ अ-

बेल्जियम । सोमबार गाजा क्षेत्रमा प्यालेष्टिनी नागरिकको प्रदर्शनका क्रममा इजरायलसँगको झडपमा परी कम्तीमा ४१ प्यालेष्टिनीको मृत्यु भएपछि थप क्षति हुन नदिन यूरोपेली यूनियनका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरायल तथा प्यालेष्टिनी पक्षसँग आग्रह गरे ।

इजरायलले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार र समानताको आधारमा सुरक्षा बलको प्रयोग गर्ने सिद्धान्तको सम्मान गर्नुपर्छ । त्यसैगरी हमास र गाजा क्षेत्रमा प्रदर्शनमा सरीक अन्य प्यालेष्टिनी पक्षले पनि आफू गैर हिसात्मक बन्दै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु आवश्यक भएको इयूका उच्च कूटनीतिज्ञले सोमबार एक विज्ञप्ति जारी गरी बताए ।

इजरायल र प्यालेष्टिनीहरूबीच अत्यधिक तनावमा देखिँदै आएको गाजा तथा पूर्वी जेरूसेलममा सम्बन्धित पक्षले संयम नअपनाउने हो भने यसबाट बर्णन गर्न नसकिने प्रकारको थप पीडा भोग्न बाध्य हुने र यसले शान्ति र सुरक्षाको स्थिति थप जटील मोडमा जाने वब्तव्यमा मोघेरिनीले बताए।

सोमबार भएको प्रदर्शनमा ४१ जना प्यालेष्टिनीले गाजा र इजरायलकोे सीमा क्षेत्रमा ज्यान गुमाएका छन् भने झण्डै एक हजार ७०० जना घाइते बनेका छन् ।

सोमबार अमेरिकाले जेरूसेलमलाई मान्यता दिँदै आफ्नो राजदूताबासलाई जेरूसेलममा स्थापना गर्ने तयारी भइरहँदा अमेरिकासमेतको विरोधमा भएको प्रदर्शनमा दर्जनौँ प्यालेष्टिनीको ज्यान गुमेको हो ।

यसैबीच अमेरिकाले प्यालेष्टिनीको ब्यापक विरोधका बाबजुद पनि आफ्नो राजदूताबासलाई तेल अभिभबाट जेरूसेलममा स्थापना गर्ने योजना मुताविक नै राजदूतावासलाई सारेको घोषणा गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस