१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रगत नपाए भक्तपुर जानू

अ+ अ-

नगरकोट । रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ ।

वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने उद्येश्यले स्वास्थ्य अभियान सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री परशुराम पाण्डेले बताए। स्वस्थ रहनका लागि हरेक मानिसले वर्षमा एक पटक कम्तीमा स्वास्थ्य जाँच गराउनुपर्नेमा समस्या भएपछि मात्रै गराउने प्रचलन रहेकाले आफ्नो स्वास्थ्यका बारेमा हरेक मानिस सजग रहनुपर्छ भन्ने चेतना जगाउनका लागि स्वस्थ भक्तपुर अभियान शुरु गरिएको बताए ।

एक महिनासम्म चल्ने अभियानअन्तर्गत चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र चाँगुनारायण – ४ मा इवामुरा अस्पतालको सहयोगमा, सूर्यविनायक – ७ मा नागरिक सामुदायिक टिचिङ अस्पतालको सहयोगमा, सूर्यविनायक –९ नंखेल स्वास्थ्यचौकीमा मध्यपुर अस्पतालको सहयोगमा, चाँगुनारायण – ८ सुडालमा क्यान्सर अस्पताल भक्तपुरको सहयोगमा र मध्यपुर नगरपालिका नगदेशमा नेपाल कोरिया मैत्री अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न शिविरमा ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको रेडक्रस भक्तपुरका स्वास्थ्य समिति संयोजक सुरज मिश्रले जानकारी दिए ।

खुल्ला दिसामुक्त घोषणा, पूर्ण खोपलगायत अभियानमा सहयोग गर्दै आएको भक्तपुर रेडक्रसले स्वस्थ भक्तपुर अभियानअन्तर्गत सामान्य स्वास्थ्य परीक्षणका साथै स्त्रीरोगसम्बन्धी परीक्षण जिल्लामा रहेका २१ वटै उपशाखामार्फत जिल्लाभर सञ्चालन गर्ने भक्तपुर जिल्ला शाखा सभापति मनोजकुमार थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस