१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा तातोहावाका कारण ६५ को मृत्यु

अ+ अ-

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको छ ।

सो सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिए ।

गत तीन दिनयता कराँचीको कोराङ्गी र सोहराब गोथ क्षेत्रबाट ११४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ ।

उक्त इदही फाउडेन्सनका प्रमुख फैसल इदहीले मङ्गलबार जानकारी दिएअनुसार ती क्षेत्रमा अहिले पनि कडारुपमा तातो हावा चलेको छ । यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएका छन् ।

इदहीका अनुसार तातो हावाको कारण ज्यान गुमाउने आफ्नै घरमा कुनै चिकित्सकीय उपचार बिना बस्ने गरेका स्थानीय नागरिकहरु रहेका छन् ।

यस प्रकारका ज्यान गुमाउने सबैभन्दा कम उमेरकामा छ वर्षीय बालकदेखि बढी उमेरकामा ७८ वर्षीया वृद्धसमेत रहेका बताइएको छ ।

यद्यपी स्वास्थ्य अधिकारीले भने इदही समूहले दिएको तातो हावाबाट ज्यान गुमाएका भनिएका ती व्यक्तिको मृत्युको कारण पत्ता लागि नसकेको जनाएको छन् ।

पाकिस्तानको मौसम विज्ञान विभागले कराँचीमा एक हप्तासम्म ४३ वा ४४ डिग्री सेल्सियससम्म तापक्रम रहने चेतावनी दिएको छ ।

पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सन् २०१५ मा तातो हावाबाट कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो ।

पाकिस्तानका यी नगरमा यस समयमा प्रायःतातो हावा चल्ने गर्दछ । अत्यधिक गर्मीका कारण चल्ने यो तातो हावाबाट यी स्थानमा वर्षेनी नागरिकको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस