१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुराको अमरगढीमा २सय ६२ बालबालिकामा कुपोषण

अ+ अ-

डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिकामा नै २६२ बालबालिकामा कुपोषण भेटिएको छ । अमरगढी नगरपालिकामा रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकालाई परीक्षण गर्दा उक्त ठूलो संख्यामा कुपोषण भेटिएको हो ।

दुई हजार ४०० बालबालिकालाई जाँच गर्दा २६१ मा कुपोषण भेटिएको हो । जसमध्ये २६ जना बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको जनाएका छन् भने २३५ बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको अमरगढी स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले जानकारी दिए ।

अमरगढी नगरपालिकाभित्र छवटा स्वास्थ्य संस्थाले काम गरिरहेका छन् । उनीहरुले दिएको मासिक प्रतिवेदनअनुसार २६ जना अर्थात् एक प्रतिशत बालबालिकामा कडा र २३५ अर्थात् १२ प्रतिशत बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको स्वास्थ्य प्रमुख पनेरुले जानकारी गराए ।

वर्षौंदेखि सरकारी गैरसरकारी संस्थाले बालबालिका र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका भए पनि नगरपालिकाभित्र नै कुपोषित बच्चाको तथ्याङ्क सार्वजनिक हुनुले उनीहरुको कार्यमा प्रश्न खडा भएको सर्वसाधारणको बुझाइ छ ।

बालबालिकाको कुपोषण जाँच गर्दा पाखुरामा नापिने फितामा तीनवटा रङ रहेका हुन्छन् जसमा पहेलो, हरियो र रातो रङले क्रमशः मन्द, सामान्य र कडा कुपोषणका रुपहरु निर्धारण गर्छ ।

कुपोषित बालबालिकाहरु उमेरअनुसार तौल र उचाइ पनि नबढ्ने होचा र पुड्का हुनाका साथै गर्भवती महिलामा रक्तअल्पताका कारणले समेत बालबालिकामा कुपोषणको समस्या देखिने जनाएको छ ।

साथै बच्चा जन्मेको छ महिनासम्म आमाको दूधमात्रै खुवाउनु पर्ने उपक्षेत्रीय अस्पताल डडेल्धुराका स्वास्थ्यकर्मीहरु बताउँछन् । आमाको दूध खान नपाएर पनि धेरै बालबालिका कुपोषित भएका हुन्छन् । बच्चाका लागि अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । एउटा बच्चाले कत्तिमा पनि दुई वर्षसम्म आमाको दूध खान पाउनुपर्ने हुन्छ ।

विभिन्न रोगका कारणले पनि बालबालिका कुपोषित हुने गरेको तथ्याङ्कले जनाएको छ । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पनि कुपोषित बच्चाको उपचारका लागि कुपोषण गृह निर्माण गरी उपचारको थालनी गरिएको छ । कुपोषित भएको शंका लाग्नेबित्तिकै समयमै उपचार गराए कुपोषण घटाउन सकिने उनी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस