८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपडाको मैत्रीपूर्ण झोला वितरण

अ+ अ-

विराटनगर । विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ ।

प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर उपमहानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको मुख्य/मुख्य भागको परिक्रमापछि विराटनगर–६ स्थित शैलेश मन्दिरमा पुगी कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरिमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, महानगर प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्की, प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रजिअ, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता थियो ।

सो अवसरमा स्वच्छ वातावरणका लागि प्रदेश प्रमुख तुम्बाहाङ, मन्त्री कुसियत, प्रमुख पराजुलीलेलगायतले साइकलमा चढेर प्रभातफेरि गगरेका थिए । कोणसभामा प्रदेश प्रमुख तुम्बाहाङले समाजलाई स्वच्छ राख्न तथा आफ्नो गाउँ ठाउँलाई फोहरमुक्त बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रदेश उद्योगमन्त्री कुसियतले आफ्नो गाउँ, टोल र शहर स्वच्छ वातावरण राख्ने कार्य पहिले आफूबाट शुरु गर्नुपर्ने प्लाष्टिक बहिष्कार गरी कपडाको झोला प्रयोग गर्नुपर्नेमा जोड दिए । महानगरपालिका प्रमुख पराजुलीले फोहरबाट मोहर बनाउने कार्यमा महानगरपालिका लागिपरेको जानकारी दिए ।

कार्यकक्रममा प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल र महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहालले ‘स्वस्थ्य जीवन स्वच्छ वातावरण’ कायम राख्ने कार्यमा आजैदेखि सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए ।

सोही अवसरमा प्लास्टिकको झोला बहिष्कार गर्न कपडाको मैत्रीपूर्ण झोला सर्वसाधारणलाई वितरण गरिएको थियो । प्रदेशलाई साइकलमैत्री बनाउने उद्देश्यले उद्योग मन्त्रालयले उपलब्ध गराएको २० थान साइकल आजै प्रदेशका विभिन्न मन्त्रालयलाई वितरण गरिने मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले बताए । रासस

प्रतिक्रिया दिनुहोस