९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीले मनन गर्नुपर्ने कुराहरू

अ+ अ-

स्थायी सरकार मानिने कर्मचारीतन्त्रलाई कहिले राजनीतिक दलहरूले सत्ताको बागडोर सुम्पिए त कहिले सत्तोसराप गरे । जनताको पसिनाले तिरेको करबाट तलब खाने भनेर कर्मचारीले पनि कहिले ज्यानको बाजी लगाएर काम गरे त कहिले हाई काडेरै दिन कटाए ।

स्थानीय निकाय २० वर्षसम्म जनप्रतिनिधिविहीन हुँदा पनि सेवाप्रवाहमा खटिएका कर्मचारी कहिले विकास र समृद्धिका संवाहक भए त कहिले ‘थाङ्ने’को उपाधि पाउन सफल भए ।

निःशुल्क बाँड्नुपर्ने सिटामोल बेचेर खानेदेखि देशका खोलानाला बेचेर खाने सेटिङ मिलाउन माहिर कर्मचारी दुई रूपैयाँको कलमको रिफिलदेखि लिएर नितिगत भ्रष्टाचार गरेर अर्बाै कुम्ल्याएर हाइसन्चो दिन काटेको पनि हामीले देखेकै छौं । त्यसैले होला सरकारी कर्मचारी भ्रष्ट हुन्छन् भन्ने आममानिसको धारणा बनेको । तर, सबै कर्मचारीलाई एउटै नजरले हेरिनु किमार्थ ठिक होइन, यसले इमानदार र निष्ठावान कर्मचारीमा घोर अन्याय हुन्छ ।

सीमित तलव भत्ताको लागि आफ्ना असीमित चाहना, इच्छा र आकांक्षालाई तिलाञ्जली दिएर जनताको सेवामा अहोरात्र खटिने कर्मचारीको पनि कम छैनन् । आफ्नो घर परिवार छोडेर देशका दुर्गम क्षेत्रमा पुगेर जनताको सुख–दुःखको सारथि बनेका कर्मचारीले नियमित कामकाजका अतिरिक्त विकास निर्माण कार्यमा आफूलाई संलग्न गराउनुका साथै आफ्नै नेतृत्वमा आम निर्वाचन गराउनेसम्मका जिम्मेवारी निर्वाह गरेका छन् । तसर्थ, सबै कर्मचारीलाई एकमुष्टरूपमा राम्रा वा नराम्रा भन्न मिल्दैन । बरु उनीहरूले गर्ने राम्रा कामको खुलेर प्रसंशा गर्नुपर्छ, राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्छ र त्यस्ता काम गर्न थप अवसर दिइनुपर्छ । त्यस्तै उनीहरूले गर्ने नराम्रा कामको विरोध गर्नुपर्छ, नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्छ र थप त्यस्ता काम हुन नदिन कडाइ गरिनुपर्छ ।

जेहोस् कर्मचारीलाई गाली गरेर मात्र देश बन्दैन, बरु उनीहरूको ज्ञान, सीप र क्षमताको भरपुर सदुपयोग गर्ने वातावरण मिलाउनुपर्छ । अनि कर्मचारीले पनि आफूले पाएको पद, प्रतिष्ठा र अख्तियारको घमण्ड नगरी देश र जनताको सेवामा आफूलाई समर्पित गर्नुपर्छ । कार्यसम्पादनमा गुणात्मक सुधार ल्याउन र कार्य सन्तुष्टिका लागि कर्मचारीले निम्न कुराहरू मनन गर्न जरुरी छ ।

१. हामी जनताका सेवक हौं, सेवा नै धर्म हो ।

२. सेवाग्राही हाम्रा लागि भगवानसरह हुन्, भगवानलाई सधैं खुसी पार्नु हाम्रो दायित्व हो ।

३. सेवाग्राहीलाई अनावश्यक दुःख दिनु हाम्रै बाबुआमा, दाजुभाइ तथा दिदिबहिनीलाई दुःख दिनुसरह हो ।

४. कार्यालय हाम्रो दोस्रो घर तथा परिवार हो, हाकिमसा’प अभिभावकसरह हुन् ।

५. अनियमितता गर्नु या भ्रष्टाचारमा संलग्न हुनु अपराध मात्रै होइन, आफ्नै सन्ततिलाई धोका दिनु समेत हो ।

६. कार्यालयको काम हाम्रो आफ्नै काम हो, आफ्नो काम भोलिको लागि साच्नु आफैले आफैलाई पछाडि पार्नु हो ।

७. समयसँगै समाज परिवर्तनशील छ, हामी पनि नयाँ प्रणाली र प्रविधिमा अभ्यस्त हुनु आवश्यक छ ।

८. जन्मदै कसैले सबै कुरा जानेर आएको हुँदैन, सिक्न खोजे नआउने भन्ने कुरा केही छैन ।

९. आफ्ना समस्या के छन् सेयर गरौं, मिलेर समाधान गरौं, अनि अघि बढौं ।

१०. आखिर कहिँ न कहिँ केहि न केहि नगरी हुँदैन हामीलाई अतः यस्तो राम्रो अवसर पाएका छौं, सदुपयोग गरौं, खुसी र सुखी रहौं ।

सबै कर्मचारीले यसै सोचिदिए साच्चै नै सेवाप्रवाह चुस्त दुरुस्त बन्थ्यो भन्नेमा दुईमत नै छैन ।

प्रतिक्रिया दिनुहोस