६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक विभागलाई प्रश्न : एउटा भ्वाङ टाल्न कति चरण पार गर्नुपर्छ ?

अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन बनाउन होस् वा बाटो विस्तार गर्न राजधानीका थुप्रै सडक खनिए । तर, समयमा मर्मत गर्न सरोकारवालाले चासो देखाएनन् । जसका कारण सडक धुलाम्मे र हिलाम्मे बनिरहेका छन् ।

तर, राजधानीका सडकको दुर्दशा यतिमै मात्र सीमित छैन । नियमितरूपमा मर्मत नहुँदा यहाँका सडक ‘धराप’ बन्न थालेका छन् । सडकमा रहेका खाल्डाखुल्डीका कारण सवारी चालक दुर्घटनाको जोखिममा छन् ।

यसैको उदाहरण हो, संघीय संसद् भवनको उत्तरतर्फको शाखा सडक । दिनहुँ यात्रुको बाक्लो भीडभाड हुने यो सडकखण्डमा भ्वाङ परेको झण्डै साता भइसक्यो । तर, नियमनकारी निकायले यसको मर्मतसम्भारमा चासो देखाएको छैन । पछिल्ला तीन–चार दिनयता उक्त सडकमा देखिएको दृष्य ।

सडकको भ्वाङ नपुरिएपछि नजिकैका एक पसलले यात्रुलाई दुर्घटनाबाट जोगाउन पसलकै होडिङ बोर्ड राखे । ताकि मोटरसाइकल वा गाडी चालकले टाडैबाटै सचेत बन्न सकोस् ।

भोलिपल्ट सडकको बीच भागमा राखिएको होडिर्ङ बोर्ड हटाएर गिट्टी राखेर सामान्य टालटुल पार्ने प्रयास गरियो ।

पर्सीपल्ट बिहान सो ठाउँमा माटो राखियो तर पनि भ्वाङ पुरिएन ।

भ्वाङको आकार बढ्दै गयो । माटोले पनि नपुरिएपछि बेलुका भत्केको भवनका सिमेन्ट मिश्र्रित ठूलठूला रोडा राखेर पुरियो । र, छेउछाउबाट माटोले टालटुल पारियो ।

राजधानीकै मुटु वानेश्वरमै त एउटा खाल्टो तीन चरणसम्म पनि पुरिँदैन भने अन्यत्रको अवस्था के होला ?

त्यसो त दिउँसो सद्दे रहेको सडकमा बेलुकी भ्वाङ परेको देखिन्छ । निर्माण तथा मर्मत सम्पन्न भएको साता दिन नबित्दै खाल्टाखुल्टी पर्ने अवस्थाले सडकको गुणस्तर प्रष्ट झल्काउँछ ।

नियमितरूपमा मर्मत भइरहनुपर्ने सडकबारे सडक विभागले चासो देखाएको छैन । जसका कारण यात्रुले सास्ती खेप्न बाध्य छन् । ‘राजधानीकै सडक त समयमा मर्मत हुँदैनन् भने अन्यत्रको अवस्था झन् के होला ?’ बानेश्वर बस्ने अनिस पन्त भन्छन् ।

सडक विभागका प्रवक्ता मुक्ति गौतम भने वर्षा भइरहेकाले भ्वाङ परेको ठाउँमा पिच गर्न नसकिएको बताउँछन् । ‘दिनहुँ पानी परिरहेकाले पिच गर्न नसकिएको हो, घाम लागेर ओभानो भएपछि टालिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस