१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य संस्थामा प्रसूति गराउनेलाई एक हजार

अ+ अ-

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई एक हजार दिने भएको छ ।

गाँउपालिकाले मातृ तथा बाल मृत्युुदर घटाउन तथा पोषण खर्चबापत पाँच सय र नेपाल सरकारले उपलव्ध गराएको पाँचसय गरी जम्मा एक हजार दिने भएको छ ।

स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई नेपाल सरकारले पाँच सय दिँदै आएको छ । आमा सुुरक्षा कार्यक्रम अन्तर्गत हरेक स्वास्थ्य संस्थामा यो सेवा उपलव्ध छ ।

मोरङको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने सो गाउँपालिकामा तराई समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।

सो गाउँपालिका क्षेत्रमा शिक्षाको कमी तथा रुढीवादी तथा परम्परागत प्रथाका कारणले महिलाले घरमा सुत्केरी गराउँदा आमा तथा बच्चाको ज्यान जोखिममा हुने गरेको छ ।

मोरङको दक्षिणी सीमा क्षेत्र रहेको उक्त स्थानमा महिलामा स्वास्थ्य सम्बन्धी शिक्षाको कमी रहेको छ ।

सुुरक्षित प्रसूतिसेवा बारे महिलालाई प्रोत्साहन गर्न र प्रसूति सेवा स्वास्थ्य संस्थामै गराएमा आमा र बच्चाको जीवन सुरक्षित गराउने उद्देश्यले सुत्केरी महिलालाई केही राहतका लागि रकम उपलब्ध गराएको सो गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताए ।

उनले रकम सानो भए पनि सुत्केरी आमा र बच्चाका लागि केही सहयोग पुुग्ने बताउनुुभयो । सो गाउँपालिकाले सुत्केरी गराउने कार्यका लागि कर्सिया स्वास्थ्य चौकीमा सामान्य सुत्केरी सेवा सञ्चालनमा ल्याएको छ ।

धनपालथान–४, कर्सिया बजारमा रहेको सो स्वास्थ्य चौकीमा सेवा सञ्चालनमा आएपछि सामान्य सुत्केरी गराउनका लागि महिलालाई विराटनगर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

कर्सियामा रहेको उक्त स्वास्थ्य केन्द्रलाई चाँडै विस्तार गरिने अध्यक्ष सिंहले बताए। कर्सिया स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउन गाउँपालिका सक्रिय भएर लागेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस