८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गति लिँदै सम्पदा पुनर्निर्माण

अ+ अ-

काठमाडौं । तीन वर्षअघिको भूकम्पले थुप्रै सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदामा क्षति पुर्यायो । केही त तस्बिरमा मात्रै सीमित भए । यसको उदाहरण हो– धरहरा ।

भूकम्पमा तहसनहस भएका सम्पदाको पुनर्निर्माणले अहिले गति लिन थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पमा सात सय ५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये एक सय १५ को पुनर्निर्माण भइसकेको छ । तीन सय १४ पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माणको प्रक्रियासमेत सुरु हुन नसकेका सम्पदा तीन सय २४ छन् ।

सम्पदा पुनर्निर्माणले गति लिन थालेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्पदा संरक्षण शाखाका पुरातत्व अधिकृत भीष्म बास्कोटा बताउँछन् ।

‘सम्पदा पुनर्निर्माण घर बनाएजस्तो सजिलो छैन,’ उनी भन्छन्, ‘यसको पुनर्निर्माण गर्दा मौलिक, सांस्कृतिक पक्ष मात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई पनि विचार गर्नुपर्छ ।’ त्यसकारण जनअपेक्षा अनुसार सम्पदा पुनर्निर्माण हुन नसकेको उनले बताए ।

रानीपोखरी, काष्ठमण्डप र धरहरा छिटो उभिन नसकेकाले जनताले सम्पदा पुनर्निर्माण गति नलिएको गुनासो गरेको उनले बताए । ‘यी सम्पदाको पुननिर्माण भएपछि जनतामा सम्पदाको पुनर्निर्माण हुँदैन भन्ने भ्रम हटेर जानेछ,’ उनले भने ।

उनका अनुसार प्राधिकरणले सम्पदा पुनर्निर्माणलाई प्राथमिकीकरणका आधारमा चौथो स्थानमा राखेको छ । प्राधिकरणले पहिलो प्राथमिकतामा निजी आवासलाई राखेको छ । त्यसपछि स्वास्थ्य संस्था र शैक्षिक संस्थाको पुनर्निर्माणलाई राखिएको छ । आउँदो तीन वर्षसम्म सम्पदा पुनर्निर्माण पूरा हुने उनको अनुमान छ ।

भूकम्पले क्षति पुगेका सम्पदालाई तीन भागमा विभाजन गरिएको छ– पूर्ण, आंशिक र सामान्य क्षति । जसमध्ये पूर्ण क्षति भएका सम्पदा १३३ छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार कीर्तिपुरस्थित गोलढुंगाको लोहदेग देवल, इचंगुनारायण सत्तल, हनुमान ढोका दरबार क्षेत्रभित्रका तलेजु मन्दिर अगाडिको शिव मन्दिर, लक्ष्मी मन्दिर, हनुमानढोकाभित्रको नाट्येश्वर मन्दिर, श्वेत भैरव मन्दिर, तलेजु भवानीको मन्दिर, नगरा घर, च्याम्हसिङ मण्डप, नागार्जुन नगरपालिकास्थित जमाचो पाटी, बौद्धनाथ स्तुप, लामाटारको काशी विश्वेश्वर मन्दिर र ललितपुरको प्याङ गाउँको पाटी निर्माण भइसकेका छन् ।

यस्तै, पाटन दरवार स्क्वायरभित्र योगनरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ, भक्तपुर दरबार परिसरको रामेश्वर मन्दिर, बद्रीनारायण मन्दिर, शेष नारायण, भक्तपुर दरवारको खौमा गेट, चाँगुनारायणस्थित किलेश्वर महादेवको मन्दिर, ललितपुर दरबार परिसरभित्र सुन्दरी चोकको पूर्वी भाग, पाटन दरवारस्थित तलेजु मन्दिर पनि पुनर्निर्माण भएको छ ।

विश्व सम्पदा सूचिमा परेकामध्ये बौद्धनाथ स्तुपाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । गोरखाको गोरखनाथ, रोटपाटी, दमाईपाटी, चौधेरा दरबार तथा ललितपुरको प्याङगाउँ पाटीको निर्माण पनि सम्पन्न भएको छ ।

गोरखा, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा पनि सम्पदा पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ ।

धार्मिक तथा ऐतिहासिक स्थल रानीपोखरीमा पनि पुनर्निर्माण सुरु गरिएको छ ।

र योपनि,

धमाधम घर ठड्याउँदै भूकम्पपीडित

प्रतिक्रिया दिनुहोस