१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियामैत्री अस्पताल : देशभरका जनतालाई सेवा दिन आग्रह

अ+ अ-

भक्तपुर । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले नेपालको स्वास्थ्य सेवाको अवस्था प्रशंसायोग्य रहेको बताएका छन्।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालको नवौं वार्षिकोत्सवको अवसरमा उनले नेपालका चिकित्सक अस्पताल र सेवा विकसित मुलुकको भन्दा कम नभएको बताउँदै उनले नेपाल कोरियामैत्री अस्पतालले देशभरका जनतालाई सेवा दिन सक्ने गरी क्षमता विकास गर्नुपर्नेमा जोड दिए । उनले सरकारले ल्याएको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सके राज्यको आर्थिक विकासलाई समेत टेवा मिल्ने बताए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पताललाई आगामी पाँच वर्षभित्र ५०० श्ययाको देशकै नमूनाको अस्पताल बनाउने अठोट नगरपालिकाले लिएको बताउँदै अस्पतालले नर्सिङ कलेज सञ्चालन गर्नेदेखि कर्मचारीकोसेवा, सुविधा वृद्धि गर्ने जानकारी दिए ।

त्यस अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा ज्ञानकृष्ण कायस्थले अस्पतालले हाडजोर्नी, प्रसूति, सामान्य चिकित्सकादेखि अधिकांश स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सक राखेर सेवा विस्तार गर्दै आएको जानकारी दिए ।

प्रदेशसभा सदस्यद्वय राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले अस्पतालबाट सबै उपचार सेवा दिन सकिने गरी सेवा र गुणस्तरमा वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली काँग्रेसका युवा नेता अष्टकुमार कवें, अस्पताल व्यवस्थापन समितिका सदस्य हरिदास प्रजापतिलगायतले अस्पताललाई विशेषकृत अस्पतालका रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिए । सो अवसरमा ५६ रक्तदातालाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस