१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन

अ+ अ-

नुवाकोट । नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन अनुसार ती स्वास्थ्य चौकीका धेरै पक्षमा सुधार गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक भएको हो ।

गत आवमा अध्ययन गरिएका ३० वटा र यो आवमा थप भएका पाँच स्वास्थ्य संस्थामा अध्ययन भएकामा तलाखु स्वास्थ्य चौकीबाहेक बाँकी स्वास्थ्य चौकीको सेवामा व्यापक सुधार गर्नुपर्ने पाइएको सामाजिक परीक्षक अमित गजुरेलले बताए ।

“स्थलगत अध्ययन, प्रश्नावली, सामूहिक छलफल लगायतका आधारमा तयार गरेको प्रतिवेदनमा गत वर्षको परीक्षणमा देखिएका त्रुटि सुधार गर्न दिएको सुझावसमेत अझै कार्यान्वयन भएको देखिएन,” गजुरेलले भने, “यस वर्षको अध्ययनमा स्वास्थ्य चौकीको अवस्था पनि सामान्यदेखि जटिलसम्मका पक्षमा समेत सुधार गर्नुपर्ने देखिएको छ ।”

उनका अनुसार परीक्षणका क्रममा गत वर्षका प्रतिबद्धता जनाएका स्वास्थ्य संस्थाले यस वर्षसम्म पनि पूरा नगरेको, नागरिक वडापत्र नभएको, खानेपानीको अभाव, बर्थिङ सेन्टर सञ्चालन भए पनि प्रभावकारी नभएको, सुझाव पेटिका नराखिएको, व्यवस्थापन समितिको बैठक नियमित नबसेको, निःशुल्क वितरण हुने ३८ प्रकारका औषधिमा आधा पनि नभएको, स्वास्थ्य संस्था भित्रै बधशाला सञ्चालन हुने गरेको, बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनुपर्नेमा २ बजे नै बन्द गर्ने गरिएको लगायतका त्रुटि पाइएको छ ।

उक्त प्रतिवेदन कार्यान्वयनका लागि स्वास्थ्यसम्बन्धी सामाजिक परीक्षण समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसमक्ष बुझाइएको थियो ।

प्रतिवेदन निर्माणका क्रममा गरिएको अध्ययनले सामरी स्वास्थ्य चौकी १० देखि ५ बजेसम्म सञ्चालनमा आएको, तुप्चे स्वास्थ्य चौकीमा अहेब रिक्त र समुन्द्रटार स्वास्थ्य चौकीमा अनमी स्थानीय तहले नियुक्ति गरेको, ककनी स्वास्थ्य चौकीमा विद्युतीय हाजिर शुरु भएको उल्लेख छ । प्रतिवेदनमा औँल्याइएका पक्षलाई सुधार गर्न समन्वय गर्ने समितिका संयोजक एवं जिसस प्रमुख तामाङले बताए ।

प्रतिवेदनमा तलाखु स्वास्थ्य चौकीको सेवा भने उत्कृष्ट रहेको उल्लेख छ । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने स्वास्थ्य चौकी भएर पनि त्यहाँबाट १० देखि ५ बजेसम्म सेवा प्रवाह भएको, पुनः निर्माण हुन बाँकी भएकाले जस्ताको भवनमा सञ्चालन भए पनि बिरामी तथा सुत्केरी जाँच गर्ने छुट्टै कोठा रहेको, टेलिफोनबाट समेत सेवा दिने गरेको र सुत्केरीलाई घरमै भेट्न स्वास्थ्यकर्मी पुग्ने गरेको उल्लेख छ । नुवाकोटमा ६४ वटा स्वास्थ्य चौकीमध्ये नमूनाको आधारमा यो आवमा ३५ वटाको सामाजिक परीक्षण गरिएको जनस्वास्थ्य अधिकृत वसन्त अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस