१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्लिम महिलामा स्वास्थ्य जागरण

Fairmed Foundation Nepal
अ+ अ-

कपिलवस्तु । केही समयअघिसम्म कपिलवस्तुका अधिकांश मुस्लिम महिला घरमै सुत्केरी हुन्थे । दुर्गममा त अवस्था झन् भयावह थियो । उनीहरूलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने त्यति चासो थिएन । तर, अहिले अवस्था फेरिएको छ । यी समुदायका महिला स्वास्थ्य संस्थामै सुत्केरी गराउन थालेका छन् । मातृ–बाल स्वास्थ्यबारे जानकारी पाएपछि मुस्लिम समुदायमा सचेतना आएको हो ।

‘पहिले स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने थाहा थिएन,’ केही समयअघि प्रसूतिका लागि सिसवा स्वास्थ्य चौंकी पुर्याइएकी रुविना खातुन (नाम परिवर्तन)की सासूआमा भन्छिन्, ‘मातृ–बाल स्वास्थ्यबारे जानकारी पाएपछि अहिले सचेत भएका छौं । त्यसैले बुहारीलाई पनि प्रसूति गराउन यहाँ ल्याएकी हुँ ।’

पाँच सन्तानलाई घरमै जन्माएकी स्थानीय सविना(नाम परिवर्तन)ले केही समयअघि स्वास्थ्य संस्थामा छैटौं सन्तानलाई जन्म दिइन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सहज हुने उनको अनुभव छ ।
‘सुरुमा त बच्चालाई केही भइहाल्ने पो हो कि भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘तर, स्वास्थ्य संस्थामा प्रसूति गराउँदा निकै सहज हुँदो रहेछ ।’

पहिलो सन्तान घरमै जन्माएकी स्थानीय कलावति खातुन (नाम परिवर्तन)ले पनि दोस्रो सन्तान स्वास्थ्य संस्थामै जन्माइन् । ‘घरमा सुत्केरी हुँदा सजाय जस्तै हुन्थ्यो अस्पतालमा त धेरै सहज हुँदो रहेछ,’ उनले अनुभव सुनाइन् ।

यी उदाहरणले पनि कपिलवस्तुका मुस्लिम महिलामा स्वास्थ्य जागरण आएको छ भन्ने देखाएको छ । पछिल्लो समय यस क्षेत्रका महिला स्वास्थ्य संस्थामा प्रसूति गराउन थालेका छन् । मानसी परियोजनाले मातृ–शिशु स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि समुदायमा चेतना आएको हो ।

फेयरमेड फाउन्डेसनले आइएनएफसँग साझेदारी गरी सन् २०१५ देखि मातृ तथा नवजात शिशु (मानसी) परियोजना लागू गरेको छ ।

परियोजना लागू भएका क्षेत्रका महिला प्रसूति गराउन स्वास्थ्य संस्था जाने गरेका छन् । सिसवा स्वास्थ्य चौंकीमा प्रसूति गराउन आउने महिलाको दिनहुँ भीड लाग्ने गरेको छ ।

सुरक्षित रूपमा संस्थागत सुत्केरी गराउन मद्दत गर्न कार्यक्रम सञ्चालन गरिएको मानसी परियोजनाका प्रोजेक्ट म्यानेजर शशीलाल कर्ण बताउँछन् । उनका अनुसार गरिब, सीमान्तकृत तथा पिछडिएको समुदायलाई लक्षित गरी जिल्लाका साविकका ४५ गाविसमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

परियोजनाअन्तर्गत गठन गरिएको नवजीवन आमा समूह, बर्कुलपुरकी अध्यक्ष मिना थारू समयसमयमा महिला दिदीबहिनीहरूलाई भेला पारेर स्वास्थ्यबारे छलफल गर्ने बताउँछिन् । ‘सुरुमा गाउँका दिदीबहिनीहरू व्यस्त छु भन्दै बैठकमा आउँदैनथे, अहिले भने आउन थालेका छन्,’ उनी भन्छिन्, ‘बैठकमा स्वास्थ्यबारे छलफल गर्ने गरेका छौं ।’ घर तथा खेतबारीबाट महिलालाई बोलाएर छलफल गर्न थालेको उनी बताउँछिन् ।

परियोजनामा आवद्ध महिला स्वास्थ्यबारे जानकार त छन् आपतकालीन अवस्थाका लागि समेत तयार छन् । उनीहरू मासिक बचत गरेर सामूहिक तरकारी खेती गर्ने गरेका छन् ।

परियोजनाले जिल्लाका चार सय ४७ वडामा चार हजार रूपैयाँको दरले आकस्मिक तथा नवजात शिशु कोष खडा गरेको छ । आर्थिक अभावले स्वास्थ्य संस्थामा जान नसक्ने महिलालाई कोषबाट रकम उपलब्ध गराइने परियोजनाले जनाएको छ ।

समूहकी सदस्य मिना थारू गर्भवतीका लागि आकस्मिक कोष खडा गरिएको बताउँछन् । ‘गर्भवतीलाई कोषबाट रकम दिन्छौं,’ उनले भनिन् ।

साविकको लवनी गाविसकी स्वयम्सेविका आरती रायदास पछिल्लो समय मुस्लिम समुदायमा स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना फैलिएको बताउँछिन् । ‘यसले मातृ–शिशुको मृत्युदरमा समेत कमी आएको छ,’ उनी भन्छिन् । अहिले सासूहरू बुहारीलाई सुत्केरी गराउन अस्पताल लैजाने गरेको उनी बताउँछिन् ।

पछिल्लो समय स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्या बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् । ‘अहिले डेलिभरी गराउन आउने महिला बढिरहेका छन्,’ लवनी स्वास्थ्य चौकीकी सिनियर अनमी माया पुन भन्छिन् ।

गर्भवती महिलालाई स्वास्थ्य संस्थामा जान प्रेरित गर्न परियोजनाले व्यवस्थापन समिति र आमा समूहलाई सक्रिय बनाएका छन् । बर्कलपुर स्वास्थ्य चौकीकी हेल्थ असिस्टेन्ट चन्द्रावती अधिकारी पछिल्लो समय चेतनास्तर बढेको बताउँछिन् । ‘नियमित गर्भ जाँच गराउन आउने पनि बढेका छन्,’ उनी भन्छिन्, ‘सुरुमा ५७ प्रतिशत रहेकोमा अहिले ६८ प्रतिशत पुगेको छ ।’ नियमित गर्भ जाँच गराउन आउने सत प्रतिशत पुर्याउने लक्ष्य रहेको उनी बताउँछिन् ।

परियोजना सञ्चालन भएपछि समुदायको चेतनास्तर बढेको बरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्रप्रसाद भगत बताउँछन् । ‘परियोजना सुरु हुँदा स्वास्थ्य संस्थामा सुत्केरी गराउने १० प्रतिशत थिए,’ उनी भन्छन्, ‘गत वर्ष ३१ प्रतिशत पुगेको छ ।’

र यो पनि,

गर्भवतीलाई सहज

स्वास्थ्य सचेतनाले अहिले आमा र शिशुको ज्यान जोगिएको छ

 स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ

अब प्रसूति सेवा लिन बुटवल जानुपर्ने बाध्यता छैन

कपिलवस्तुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ

प्रतिक्रिया दिनुहोस