८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्व. विन्दु देवी पाण्डे महिला पत्रकारीता पुरस्कार कविता खड्कालाई

अ+ अ-

वीरगंज । नेपाल पत्रकार महासंघकी संस्थापक सदस्य स्व. विन्दु देवी पाण्डेको स्मृतिमा स्थापित महिला पत्रकारीता पुरस्कार २०७५ बाट महिला पत्रकार कविता खड्का पुरस्कृत भएकी छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान र बरिष्ठ पत्रकार जगदिश शर्माले संयुक्त रुपमा ११ हजार रुपैयाँको चेक र सम्मान पत्र सहित उनलाई सम्मान गरेको थियो ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले मिडिया सञ्चालकहरुको श्रम शोषणका कारण पहिला भन्दा अहिले सञ्चारमाध्यममा महिला पत्रकार कमी देखिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिले श्रमजिवि पत्रकार र महिला पत्रकारहरुका निम्ति कार्यक्रमहरु ल्याउन लागेको बताएका छन् । उनले साना लगानीका मिडियाहरुका लागी समेत महासंघ प्रोत्साहनका कार्यक्रमहरु ल्याउन लागेको बताएका छन् ।

खड्का राजधानी बाहिर महिलाहरुकै सक्रियतामा पर्साबाट प्रकासित मध्य नेपाल सन्देश साप्ताहीक पत्रिकाकी सम्पादक हुन । उनले २ वर्ष अगाडी पर्साका महिला पत्रकारहरुको सहभागितामा पत्रिका प्रकाशन शुरु गरेकी थिईन् ।

उनी ८ वर्षदेखी वीरगंजको सामुदायिक रेडियो नारायणी एफ.एम.मा महिलाकै विषयमा रेडियो कार्यक्रम चलाउँदै आएकी थिईन् ।

‘कविता खड्का समाजिक सुझबुझ भएकी महिला पत्रकार हुन्’ बरिष्ठ पत्रकार जगदिश शर्माले भने, उनले २ वर्षदेखी निरन्तर मध्य नेपाल पत्रिका मार्फत महिला पत्रकारहरुलाई आवद्ध गराई समाजलाई योगदान दिदै आएकोमा प्रशंसा गरेका थिए ।

वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले पत्रकारको नेतृत्व विकासका जस्ता तालिम, वा कार्यक्रमका लागी महानगरपालिका जहिले पनि तयार रहेको बताइन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले प्रतिष्ठानले गर्दै आएको काम महिलाहरुको प्रोत्साहनका निम्त महासंघले सधै उतप्रेरण गर्दै जाने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि पर्साकी उपाध्यक्ष मधु राणा, ठाकुरराम बहुमुखि क्याम्पसका प्रध्यापक हरेराम ठाकुर, पत्रकार सरोज खड्का लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजसेवी उषा साह, दिव्य लक्ष्मी शाक्य, स्व. विन्दु देवी पाण्डेका श्रीमान् सुदर्शनराज पाण्डे, माइति नेपाल पर्साकी संयोजक संगिता पुरी, पत्रकार महेश चन्द्र गौतम, चेली कृषि सहकारीकी संस्थापक अध्यक्ष कमला घिमिरे, फोटो पत्रकार समुह पर्साका अध्यक्ष विजय चौहान, दलित महिला संघकी अध्यक्ष निला राम, सामुदायिक प्रहरी सेवा केन्द्रकी सञ्जु दहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष बिजय प्रकाश विनको सभापतित्वमा समपन्न कार्यक्रमको सहजिकरण विजय भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस