१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रोएसियासँग हारेपछि अर्जेन्टिना डेन्जर जोनमा

अ+ अ-

काठमाडौं । विश्वकपको दाबेदार मानिएको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

शुक्रबार बिहान भएको समूह ‘डी’को खेलमा अर्जेन्टिनाले क्रोयसियालाई ०–३ को नतिजा सुम्पियो । यससँगै अर्जेन्टिना समूह चरणबाटै बाहिरिने सम्भावना बढेको हो ।

पहिलो हाप गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाप सुरु भएसँगै क्रोएसियाले अग्रता लियो । खेलको ५३ औं मिनेटमा एन्टे रेविकले गोल गरे ।

त्यसलगत्तै अर्जेन्टिना आक्रामक देखिए पनि गोल गर्न भने सकेन । खेलको ८० औं मिनेटमा लुका मेड्रिकले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको अतिरिक्त समयमा इभान रकिटिकले गोल गर्दै टिमलाई ३–० को जित दिलाए ।

अर्जेन्टिनाले थुप्रै अवसर पाए पनि गोल गर्न भने सकेन । विश्वका चर्चित स्टाइकर लियोनल मेस्सी पनि नाकाम सावित भए । अर्जेन्टिना सन् २००२ पछि समूह चरणमा हारेको हो ।

समूह ‘डी’मा ६ अंकका साथ क्रोएसिया शीर्ष स्थानमा छ । उसले दुई खेल खेलेको छ । दोस्रो स्थानमा रहेको आइसल्यान्डको एक अंक छ । उसले एक खेल मात्रै खेलेको छ । दुई खेल खेलेको अर्जेन्टिनाको पनि समान एक अंक नै छ । एक खेल खेलेको नाइजेरिया भने अंकविहिन छ ।

अर्जेन्टिनाले नाइजेरियासँग एक खेल खेल्न बाँकी छ । अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न यो खेल जित्नैपर्छ । यो खेल जिते पनि नकआउट चरणमा पुग्न भने अरु टिमको भर पर्नुपर्नेछ ।

आइसल्यान्ड र नाइजेरियाले दुई वटै खेल हारेको खण्डमा मात्रै अर्जेन्टिना नकआउट चरणमा पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस