काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणमा अर्जेन्टिना फ्रान्ससँग भिड्ने भएको छ । अर्जेन्टिनाले आगामी शनिबार समूह ‘सी’को विजेता फ्रान्सको सामना गर्दैछ ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २–१ ले हराएपछि अर्जेन्टिनाले समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
दोस्रो चरण पुग्न जित्नै पर्ने खेलमा कप्तान लियोनल मेस्सी र मार्काेस रोजोले समान एक गोल गरे । नाइजेरियाका भिक्टर मोसेसले पेनाल्टीमार्फत् गोल फर्काए ।
खेलको १४ औं मिनेटमा कप्तान मेस्सीले आकर्षक गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । तर, खेलको ५१ औं मिनेटमा नाइजेरियाका मोसेसले पेनाल्टीमा गोल गर्दै १–१ को बराबरी गरे । खेलको ८६ औं मिनेटमा रोजोले निर्णायक गोल गर्दै अर्जेन्टिना २–१ को जित दिलाए ।
यसअघि पहिलो खेलमा आइसल्याण्डसँग अप्रत्यासित बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग पराजित भएको थियो । जितपछि अर्जेन्टिना समूह ‘डी’ चार
अंक जोड्दै उपविजेता बन्यो । सतप्रतिशत जित निकालेको क्रोएसिया ९ अंकसहित विजेता बन्यो ।
र, यो पनि
यसरी पुग्न सक्छ अर्जेन्टिना अन्तिम १६ मा
क्रोएसियासँग हारेपछि अर्जेन्टिना डेन्जर जोनमा