६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छतका टावर स्वास्थ्यलाई घातक

अ+ अ-

काठमाडौं । तपाईँको घरको छतमा दूरसञ्चार वा अन्य कम्पनीका टावर छन् ? छन् भने होस् पुर्याउनुस् है, नत्र गम्भीर समस्या देखिन सक्छ ।

मोबाइल तथा विटिएस टावरलगायत उपकरणमार्फत् प्रवाह विकिरणले मानव स्वास्थ्यका लागि घातक हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन् ।

बायोमेडिकल इन्जिनियरका अनुसार यस्ता बिटिएस टावरलगायत उपकरणमार्फत् प्रवाह हुने इलेक्ट्रो म्याग्नेटिक किरणहरूबाट क्यान्सर, ब्रेन ट्युमरजस्ता रोग लाग्न सक्छन् । उनीहरूका अनुसार मोबाइल टावरको विकिरणबाट थकान, अनिद्रा, डिप्रेसन, ध्यान भंग, चिडचिडापन, चक्कर लाग्ने, स्मरणशक्ति कमजोर हुने, टाउको दुख्ने, ह्दयको धड्कन बढ्ने, पाचन क्रियामा असर र क्यान्सर तथा ब्रेन ट्युमरको जोखिम हुन सक्छ । विदेशमा गरिएका विभिन्न अनुसन्धानले पनि यस्ता विकिरणबाट क्यान्सरको जोखिम बढेको देखाएका छन् ।

जर्मनीमा गरिएको एक अध्ययनले त्यस्ता टावरहरूको चार सय मिटरसम्म रहने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा स्तन, कलेजो, छाला र रक्त क्यान्सरको जोखिम तीन गुणाले बढी हुने देखाएको थियो ।

स्वास्थ्य मन्त्रालयका बायोमेडिकल इन्जिनियर ताचल निरौला छतमा राखिएका टावरले बस्ती आसपासका मानिसलाई विभिन्न खालका स्वास्थ्य समस्या निम्त्याउने बताउँछन् । ‘टावरमा राखिएका उपकरणबाट निस्कने विकिरणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले घरका छतमा टेलिफोन कम्पनीका टावर राख्नु मानव स्वास्थ्यका लागि घातक हुन सक्छ,’ उनले भने ।

पछिल्लो समय दूरसञ्चार सेवाप्रदायक कम्पनीबीच सेवा विस्तारको होडबाजी चलेको छ । पहुँच विस्तार गर्न र प्रभावकारी बनाउन नेपाल सरकारको आंशिक स्वामित्व रहेको नेपाल टेलिकम, निजी क्षेत्रका एनसेल, युटिएललगायत कम्पनीले बिटिएस टावर थपिरहेका छन् । हाल देशभर करिब चार हजारभन्दा बढी मोबाइल टेलिफोनका बिटिएस टावर सञ्चालनमा छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको एक अनुसन्धानमा काठमाडौँ र ललितपुरमा सञ्चालनमा रहेका नेपाल टेलिकमका जिएसएम र सिडिएमए तथा एनसेलको जिसिएम प्रणालीबाट प्रवाह भइरहेका इलेक्ट्रो म्याग्नेटिक रेडिएसनको नमुना परीक्षण गरएिको थियो । अनुसन्धानमा जावलाखेल, माइतीघर, सुन्धारालगायत क्षेत्रमा विकिरण बढी रहेको पाइएको थियो ।

यसबाट जोगिन बस्तीभन्दा टाढा टावर राख्नुपर्ने बायोमेडिकल इन्जिनियर निरौलाको सुझाव छ ।

नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारी बिटिएस टावरले मानव स्वास्थ्यमा पार्ने असरबारे सचेत भएको बताउँछिन् । ‘यसको असरबाट मान्छेलाई जोगउन टावर खुला ठाउँमा र बढी उचाइको राख्ने गरेका छौं,’ उनले भनिन् ।

त्यसकारण सरकारले मानव स्वास्थ्यलाई घातक हुने मोबाइल टावर छतमा राख्न नपाइने नीति अख्तियार गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस