७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटिइभिटीको बढुवामा अनियमितता

अ+ अ-

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले कृषि प्रशिक्षक पदको जेष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा हुने बढुवामा अनियमितता भएको भन्दै उजुरी परेको छ ।

परिषद्ले गत जेठ १० गते गरेको बढुवा सिफारिस चित्तबुझ्दो नभएकाले बदर गर्न माग गर्दै सेती प्राविधिक शिक्षालय, दिपायलमा कार्यरत कृषि सहायक प्रशिक्षक (बाली विज्ञान) सत्यराज रावल र नेपाल बनेपा पोलिटेक्निक इन्स्च्यिुट, बनेपामा कार्यरत विष्णुमाया वाराकोटीले परिषद्मा छुट्टाछुट्टै उजुरी दिएका छन् । रावलले असार ६ गते उजुरी दर्ता गराएका हुन् ।

सिटिइभिटीले २०७४ साउन ३१ गते कृषि प्रशिक्षक (बाली विज्ञान) पदमा दुई जनाका लागि दरखास्त आह्वान गरेको थियो । सिटिइभिटीले गत जेठ १० गते बढुवाको नतिजा पनि प्रकाशित गरिसकेको छ । नतिजा अनुसार हरिदक्त ओझा र ईश्वरीचन्द्र देवकोटालाई बढुवा सिफारिस भएका छन् ।

ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि ज्येष्ठता, कार्यसम्पादन, तालिम, योग्यता र दुर्गममा काम गरेका आधारमा नम्बर दिइन्छ । चार वर्षको कार्य सम्पादन मूल्यांकनमा जसको नम्बर छ, उसैलाई बढुवाका लागि सिफारिस गरिन्छ ।

‘सिटिइभिटीले दुई वर्षअघि कारवाही परेको र भिन्नै उपसमूहको उम्मेदवारलाई बढुवामा सिफारिस गरेको छ,’ रावल भन्छन्, ‘यसले सिटिइभिटीका कर्मचारीको नियतमै शंका देखिन्छ ।’

उनका अनुसार ओझालाई दुई वर्षअघि सिटिइभिटीको पदपूर्ति समितिले एक वर्षसम्म कुनै पनि परीक्षामा सामेल हुन नपाउने गरी कारबाही गरेको थियो ।

२०७१ असोज २४ गते शाखा अधिकृत तृतीय श्रेणीको प्राविधिक तर्फको लिखित परीक्षामा चिट चोरेको भन्दै पदपूर्ति समितिले उनलाई कारवाही गरेको थियो । त्यसकारण ओझाको कार्यसम्पादन मूल्यांकनको नम्बर बढी आउन नसक्ने उनको जिकिर छ । ओझाको बढुवा फाइलमा कारबाहीको डकुमेन्ट नै नराखेको हुन सक्ने रावलको दाबी छ ।

अर्का सिफारिस भएका उम्मेदवार देवकोटा पशुपालन उपसमूहका हुन् । त्यसकारण उनको बढुवा सिफारिस त परै जाओस्, दरखास्त पनि स्वीकृत नहुनुपर्ने उनको जिकिर छ ।

तर, सिटिइभिटीका निर्देशक महेश भट्टराई भने प्रक्रियागत रूपमा उम्मेदवार सिफारिस गरिएको दाबी गर्छन् । उम्मेदवारका फाइल अनुसार सबैभन्दा बढी अंक ल्याउनेलाई नै सिफारिस गरेको उनले बताए ।

तर, ओझाको बढुवा फाइलमा कारवाहीको डकुमेन्ट नराखिएको उनले स्वीकारे ।

देवकोटाको हकमा भने सिटिइभिटीसम्बन्धी विनियमावली अनुसार दरखास्त स्वीकृत गरिएको उनको दाबी छ । तर, विनियमावलीमा एक उपसमूहको कर्मचारी अर्काेमा दरखास्त दिन नपाउने व्यवस्था छ ।

२०७४ साउन ३१ गते आह्वान गरिएको कृषि प्रशिक्षक (बाली विज्ञान) पदको आन्तरिक प्रतियोगितात्मक खुला तथा समावेशीतर्फको परीक्षामा देवकोटाले दरखास्त दिएका दिए । तर, उनको दरखास्त सिटिइभिटीको पदपूर्ति तथा बढुवा समितिले अस्विकृत गर्याे । तोकिएको प्राविधिक शिक्षामा न्यूनतम शैक्षिक योग्यता नपुगेको पुस ११ गतेको भन्दै देवकोटाको दरखास्त अस्विकृत गरेको थियो ।

हेर्नुस् सूचना 

परिषद्ले उजुरीबारे छानबिन गर्ने निर्देशक भट्टराईले जानकारी दिए । ‘परिषद्ले दुई उम्मेदवारको बढुवा सिफारिस गरेको छ । तर, यो नै फाइनल हो भन्ने हुँदैन,’ उनले भने ।
उजुरी गर्ने कर्मचारीको कानुनी अधिकार भए पनि उहाँ (रावल)ले पत्रकारलाई यसबारे भन्न नहुने उनले बताए ।

उजुरीकर्ता रावलले उजुरी फिर्ताका लागि सिटिइभिटी कार्यालयबाट प्रेसर आइरहेको बताए । ‘तर, मैले घटुवा भए पनि उजुरी फिर्ता गर्दिनँ भनेको छु,’ उनले सुनाए ।

भट्टराई भने कार्यालयले उजुरी फिर्ता लिन दबाब नदिएको बताउँछन् । ‘साथीभाइका आधारमा कार्यालयका कुनै कर्मचारीले उजुरी फिर्ता लिनुस् भन्नुभएको होला । तर, खराब नियतले होइन,’ उनले प्रष्ट्याए ।

धादिङमा कार्यरत कृषि सहायक प्रशिक्षक (पशुपालन) बिलबहादुर बिकले सिटिइभिटीका कर्मचारीले भिन्न उपसमूहको भन्दै दरखास्त लिनै नमानेको जिकिर गरे ।

‘दरखास्त दिन जाँदा प्रशासनका कर्मचारीले फरक उपसमूहको भनी फिर्ता पठाइदिएँ,’ उनले दुखेसो सुनाए ।

तर, यो आरोप भने भट्टराईले स्वीकार गर्न मानेनन् ।

सेती प्राविधिक शिक्षालय, दिपायलका कृषि ट्रेड प्रमुख मीन चौधरीले कार्य सम्पादन मूल्यांकनमा सत्यराज रावललाई किन बढी नम्बर दिएको भन्दै परिषद्लाई टेलिफोनबाट स्पष्टीकरण दिनुपरेको बताए । ‘तर, मैले उहाँ (रावल)को कार्य सम्पादन उत्कृष्ट देखिएकाले बढी नम्बर दिएको जवाफ फर्काएँ,’ उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस