१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक शिक्षाको आकर्षण बढ्दो

अ+ अ-

चितवन । छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै गएको छ ।

तेइस वर्षअघि निजीस्तरको नेपाल पोलिटेक्निक इन्स्टिच्युटले १८ महिने भेटेनरी जेटिए र सिभिल ओभरसियरको पढाइ थालेकामा अहिले १५ वटा कलेजले प्रमाणपत्र तहका ६० वटा र टि–एसएलसीका १६ वटा कार्यक्रम सञ्चालन गरेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का क्षेत्रीय प्रमुख शिवहरि ढकालका अनुसार चितवन जिल्ला र नवलपुरको गैँडाकोट गाउँपालिकाबाट गरी वर्षेनी दुई हजार ३०० भन्दा बढी विद्यार्थी प्राविधिक शिक्षाका लागि भर्ना हुने गरेका छन् । परिषद्ले आफ्नै आंगिक कलेज भरतपुरमा प्राविधिक शिक्षा सञ्चालन गरेको छ भने सम्बन्धन लिएर निजी क्षेत्रबाट अन्य कलेज सञ्चालनमा छन् ।

परिषद्को आंगिक कलेज स्कूल अफ हेल्थ साइन्सका प्राचार्य अच्युत दाहाल जिल्लामा स्वास्थ्य, इञ्जिनियरिङ र कृषि विषयका पढाइ हुँदै आएको छ भन्छन् । कलेजमा मनाङ र पूर्वका छ जिल्लाबाहेक ६९ जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेको उनको भनाइ छ । पढ्न चाहनेमध्ये १० प्रतिशतले मात्र आंगिक कलेजमा पढ्न पाएका छन् भने अन्य निजी कलेजमा निर्भर छन् ।

नेपाल पोलिटेक्निक इन्स्टिच्युटका प्राचार्य इ. बाबुराम उपाध्याय स्थापनाको समय २०५२ साल यताका केही वर्ष विद्यार्थी खोज्दै हिँड्नुपरेको भए पनि अहिले आउनेजति सबैलाई पढाउन नपाएको बताउँछन् । सिटिइभिटीका १८ महिने र तीन वर्षे गरी १९ वटा कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल पोलिटेक्निकबाट सात हजार ७०० विद्यार्थी उत्तीर्ण भइसकेको उल्लेख गर्दै उनी भन्छन्, “हाम्रो कलेजबाट उत्तीर्ण भएका कोही पनि बेरोजगार छैनन् ।”

श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरका कार्यकारी अध्यक्ष सरोज ढकालले नर्सिङ पढ्ने अधिकांश विद्यार्थीको गन्तव्य विदेश रहेको र अन्य विद्यार्थीले पनि सहजै रोजगार पाउने र स्वरोजगार पनि हुने भएकाले प्राबिधिक शिक्षातर्फको आकर्षण बढेको बताउँछन् । फोरम फर हेल्थ साइन्सका जिल्ला अध्यक्ष ध्रुव काफ्ले माथिल्लो तहमा अध्ययन गर्न पाउने भएपछि विद्यार्थी प्राविधिक शिक्षा अध्ययनका लागि आकर्षित भएको र उत्तीर्णमध्ये ५० प्रतिशत सरकारी, ३० प्रतिशत स्वरोजगार, १०/१० प्रतिशत गैरसरकारी संस्था र विदेश जाने गरेका छन् भन्छन् ।

पछिल्लो समय सामुदायिक विद्यालय र कलेजले पनि प्राविधिक शिक्षा पढाउन शुरु गरेका छन् । नर्सिङ विषय पढाउँदै आएका मैयादेवी कन्या क्याम्पसका प्राचार्य कृष्ण न्यौपाने इच्छा भएका सबै विद्यार्थीले पढ्ने अवसर नपाएको बताउँछन् । सिटिइभिटीबाटै अध्ययन गरी आफ्नै व्यवसाय गर्दै आएका चन्द्रमणि कँडेलका अनुसार प्राविधिक विषय उत्तीर्ण भएपछि रोजगारीको समस्या नहुने हुँदा यसतर्फ आकर्षण बढेको हो ।

सरकारले प्रत्येक स्थानीय निकायमा सिटिइभिटीबाट सम्बन्धन दिई प्राविधिक शिक्षाको विस्तार गरिने जनाएको छ ।

यसैबीच प्राविधि शिक्षा विस्तार र आकर्षणका लागि सिटिइभिटी, फोरम फर हेल्थ एजुकेशन र निजी प्राविधिक महासंघले आज यहाँ संयुक्त रुपमा प्रभातफेरी कार्यक्रम आयोजना ग¥यो । प्रभातफेरीपछि आयोजित समापन समारोहमा सिटिइभिटीका क्षेत्रीय प्रमुख ढकाल, फोरम फर हेल्थ साइन्सका केन्द्रीय उपाध्यक्ष उपाध्याय, सिटिइभिटी परिषद्का सदस्य भरत रेग्मी, फोरम फर हेल्थ साइन्सका अध्यक्ष ध्रुव काफ्लेलगायतले प्राविधिक शिक्षाको महत्व, यसको आकर्षणका बारेमा बोल्नुभएको थियो । मैयादेवी कन्या क्याम्पसबाट शुरु भएको प्रभातफेरी रासस कार्यालय पछाडि गेष्टहाउस चौरमा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस