१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला विश्वविद्यालयद्वारा व्यवस्थापन तथा कानून संकायका थप कार्यक्रम सञ्चालन गरिने

अ+ अ-

काठमाडौं । खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकायअन्तर्गत थप चारवटा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढेपछि स्नातकोत्तर तह र स्नातक तहमा थप कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माले जानकारी गराए ।

जेठ १३ गतेदेखि पहिलोपटक कक्षा सञ्चालन गरेको खुला विश्वविद्यालयले भदौदेखि कक्षा सञ्चालन गर्नका लागि थप चार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।

उनका अनुसार स्नातकोत्तर तहमा व्यवस्थापन प्रशासन (एमबिए) र विकास, व्यवस्थापन र सरकार (एमएसडिएमजी) तथा स्नातक तहमा कानूनमा (एलएलबी) र व्यवस्थापनमा वाणिज्य विज्ञान (बिबिएस) तहको कक्षा सञ्चालन गर्न थालेको छ ।

कक्षा सञ्चालन गर्नका लागि विश्वविद्यालयले विद्यार्थीलाई प्रवेश परीक्षाका लागि फारामसमेत खुलाइसकेको छ ।

उनले प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भदौको पहिलो हप्तादेखि कक्षा सञ्चालन गरिने जानकारी गराए ।

अहिले खुला विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राध्यापकको कमीले गर्दा ५० जनामात्र भर्ना गर्ने उनले बताए ।

पहिलोपटक नेपालमा खुलेको खुला विश्वविद्यालयमा नयाँ विषय र घरमा बसी पढ्न सकिने भएकाले आकर्षण बढेको हो ।

विद्यार्थी पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षौंदेखि पढाइ छुटेकाहरुले जुनसुकै स्थानबाट पढ्न सक्ने भएकाले खुला विश्वविद्यालयप्रति आकर्षण बढेको पाइएको छ ।

विश्वविद्यालयले अनलाइनको माध्यमबाट प्राध्यापकले बेलुका ६ देखि ९ बजेसम्म पढाउने गरेका छन् ।

इन्टरनेटका माध्यमबाट अध्ययन गराइने विश्वविद्यालयमा डिप्लोमा, पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्मको कक्षा सञ्चालन गर्ने उपकुलपति शर्माले बताए ।

उनले प्राध्यापक र विद्यार्थीबीच सहकार्य गर्नका लागि प्रत्येक सेमेष्टरमा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रियासमेत गरिँदै आएको जानकारी गराए ।

विश्वविद्यालयले अध्ययनका लागि अध्ययन सामग्री छलफल सामग्री र इ–लाइब्रेरी अनलाइनमा राखिएका हुन्छन् ।

विश्वविद्यालय अहिले डेढ वर्षीय पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एक वर्षीय पाठ्यक्रमअन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुएट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुई वर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरिएको छ ।

व्यवस्थापन र कानून संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकायबाट साधारण विषयदेखि इञ्जिनियरिङसम्म र विज्ञान, स्वास्थ्य र प्रविधि संकायबाट प्राविधिक तथा व्यावसायिक सीपदेखि विज्ञान विषयको अध्ययन हुने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस