८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी निरीक्षक नै काठ चोरीमा संलग्नको आरोप,कारवाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ

अ+ अ-

डोटी । प्रहरी निरीक्षक(इन्सपेक्टर) नै काठ चोरीमा संलग्न रहेको आरोपमा स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् ।

डोटीको बिपिनगर ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक नृपबहादुर बोहरा काठ चोरीमा संलगन भएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय बीपीनगर घेराउ गरेका हुन् ।

बोहराको संलग्नतामा चोरी भएको सिसौको काठ सहितको ट्रायाक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् ।

सोमबार राती प्रहरी निरीक्षक बोहराले ५३.९ क्यू फिट सिसौंको काठ तस्करी गरेर गाडीमा लोड गरेको सूचना पाएपछि स्थानीय यूवाहरुले काठ नियन्त्रणमा लिएको डोटी बडिकेदार गाउँपालिका–१ का भिमवहादुर बोहराले जानकारी दिए ।

वोहराका अनुसार काठ चोरी गर्नमा प्रयोग गरिएको से १ प ५१८९ नम्बरको ट्रायाक्टर समेत स्थानीयले नियन्त्रणमा लिएका छन् ।

बहराले काठ लोड गर्नका लागि प्रहरी कर्मचारी प्रयोग गरेका थिए । काठमाण्डौंमा घर बनाउदै गरेका बोहराले सिसौंका गोलिया घनगढीका मिलहरुमा लगेर चिरान गरी काठमाण्डौं लैजाने योजना अनुसार चोरी गरेको स्थानीय बताउँछन् ।

स्थानीयले नियन्त्रणमा लिएको काठ र ट्याक्टरलाई ईलाका बन कार्यालय बिपीनगरले नियन्त्रणमा लिएको छ । चोरीमा संलग्न प्रहरी निरीक्षक बोहरालाई कारवाहीको माग राख्दै स्थानीयले ईलाका प्रहरी कार्यालय बिपीनगरमा धर्ना समेत दिएका छन् ।

त्यसैगरी इलाका बन कार्यालय बिपीनगरमा प्रहरी निरीक्षक बोहरा बिरुद्ध काठ चोरीको मुद्धा दर्ता समेत गराएका छन् ।

जिल्ला बन कार्यालय डोटीका सहायक बन अधिकृत सुरेश रोकायले आफुले घटनाका बारेमा बुझिरहेको बताए । उनले भने ‘प्रमाणित भएमा प्रहरी निरीक्षक बोहरालाई अबैध रुपमा काठ ओसार पसार सम्वन्धी कसुरमा कारवाही हु’न्छ, ठहर भएमा बिगो जफत गरी दोब्बर जरीवाना हुन्छ ।’

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले आफुलाई घटनाको बारेमा बिस्तृत जानकारी नभएको बताए । उनले भने ‘घटनाको बारेमा अध्ययन गरी गल्ती गरेको प्रमाणित भए नियमान’सार बिभागीय कारवाही गरिने छ ।’

स्थानीयले भने चोरीमा संलग्न प्रहरीले उल्टै धम्की दिईरहेको बताएका छन् । “समाजमा सुरक्षाका लागि खटाएका रक्षक नै चोरीमा संलग्न भएपछि कसले सुरक्षा दिने ?” बिपीनगरका स्थानीय टेकबहादुर बोहराले भने ‘यस्ता ब्यक्तिले हाम्रो धनमालको सुरक्षा कसरी गर्लान ।’

काठचोरीमा संलग्न भनिएका प्रहरी निरिक्षक नृपबहादुर बोहराले आफ्नो नाममा स्थानीयले काठ चोरी गरेको उजुरी जिल्ला बन कार्यालयमा दिएको बताए । उनले आफ्नो संलग्नता नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस