७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरप्रदेश परिषद वैठकको पूर्व तयारीका लागि सचिवको टोली प्रदेशमा

अ+ अ-

काठमाडौं । अन्तरप्रदेश परिषद वैठकको पूर्व तयारीका लागि सचिवहरुको नेतृत्वमा सवै प्रदेशमा टोली खटिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवहरुको नेतृत्वमा राष्ट्रिय योजना आयोगको सचिवालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय समेतका मन्त्रालयहरुको प्रतिनिधि रहेको टोली अन्तरकृयाका लागि प्रदेशमा खटिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुशार भ्रमण दलको नेतृत्वमा लक्ष्मण प्रसाद मैनालीले प्रदेश नं १ र २, लालशंकर घिमिरेले प्रदेश नं ३ र गण्डकी प्रदेश तथा केदारबहादुर अधिकारीले प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं ७ को नेतृत्व गरेका छन् ।

नेपालको संविधानको धारा २३४ वमोजिम टोलीले हरेक प्रदेशमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आवश्यकता अनुसार प्रदेशका विषयगत मन्त्रालयहरूसँग सम्पर्क गरी विभिन्न पक्षहरूको अद्यावधिक स्थिति तयार गर्ने, सहजीकरण गर्ने र कुनै समस्या नेपाल सरकारले समाधान गरिदिनु पर्ने भए सो विषयमा समेत प्रतिवेदन गर्नेछ ।

टोलीले मुख्यतयाः ४ वटा विषयमा केन्द्रित रही रिपोर्ट तयार गर्नेछ । जस अन्तर्गत संगठनात्मक व्यवस्था, नीति, कानून, ऐन, नियम, कार्यविधि, प्रक्रिया, मापदण्ड, निर्देशिका रहेको छ । यसमा नेपाल सरकारले उपलब्ध गराएको नमूना कानुनहरुको कार्यान्वयन स्थिती र प्रदेश आफैले नीति, कानुन, ऐन, नियम, विधि, प्रक्रिया, मापदण्ड, निर्देशिका बनाएको भए सो समेत खुल्ने गरी तयार गर्नुपर्ने छ ।

त्यसैगरी स्रोत व्यवस्थापन अन्तर्गत राजस्व र खर्च, जनशक्ति स्वीकृत दरवन्दी, मौजुदा कर्मचारी, रिक्त अवस्था र प्रदेश आफैले कर्मचारी नियुक्त गरेको भए सो समेत खुल्ने गरी तथा बर्तमान अवस्था र चालु बर्षमा सो का लागि गरिएको वजेट विनियोजन समेत खुल्नेगरी पूर्वाधार र अन्य लजिस्टिक रहेको छ ।

र, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय र कुनै समस्या भए सो समेतको विषयमा प्रतिवेदन दिनुपर्ने छ ।

टोलीले श्रावण २२ गते भित्र प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस