१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजश्व कार्यालय भरतपुरले २१ अर्ब ८० करोड राजश्व संकलन

अ+ अ-

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४/७५ मा २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको छ ।

१८ अर्ब ८० करोड ७८ लाख दुई हजार राजश्व अन्तःशुल्कबाट संकलन भएको हो ।

अन्तःशुल्कमा मदिरासँगै चुरोट, सूर्ती, सिमेन्ट र रंग पर्दछन् । मदिराबाहेक अन्यबाट रु एक अर्बभन्दा कम राजश्व संकलन भएको कार्यालय प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिए ।

आन्तरिक राजश्व कार्यालय भरतपुरले चितवन र नवलपुर (पूर्वी नवलपरासी) जिल्ला हेर्दै आएको छ । दुई जिल्लामा १२ मदिराजन्य उद्योग छन् । चितवनमा तीन बियर र तीन मदिरा उद्योग छन् । नवलपुरमा चार मदिरा तथा दुई बियर उद्योग छन् । नवलपुरमा रहेको गोर्खा ब्रुअरीले सबैभन्दा धेरै रु नौ अर्ब सात करोड ४८ लाख राजश्व बुझाएको छ । ब्रुअरीले काल्र्सवर्ग, टुबर्ग, सानमिगल, हिमालयन ड्रागन बियरको बोतल तथा क्यान उत्पादन गर्दछ ।

गत आवमा अन्तःशुल्कबाहेकका क्षेत्रबाट रु दुई अर्ब ९९ करोड ७४ लाख २० हजार राजश्व संकलन भएको छ । कार्यालयले गत आवमा स्वास्थ्य सेवा शुल्कतर्फ छ करोड २९ लाख १० हजार, आयकरतर्फ एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घर बहाल करतर्फ ११ करोड २४ लाख ८९ हजार, व्याज करतर्फ आठ करोड ९२ लाख ९१ हजार, मूल्यअभिवृद्धि करतर्फ एक अर्ब १४ करोड एक लाख ६२ हजार तथा शिक्षा सेवा करतर्फ दुई करोड ६० लाख ६२ हजार राजश्व संकलन गरेको छ ।

उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम यस क्षेत्रमा मदिराबाहेक अन्य ठूला उद्योग नहुनु र करको दायरामा आउने संख्या कम हुँदा अन्य क्षेत्रबाट राजश्व कम संकलन भएको बताउँछन् । कर नबुझाउनेको संख्या अत्यधिक रहेको उनको भनाइ छ । पचास प्रतिशतभन्दा बढी साना उद्योग सञ्चालक करको दायरामा नआएको गौतमले बताए । रासस

प्रतिक्रिया दिनुहोस