१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थागत, अखिल क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा

अ+ अ-

काठमाडौँ । सिटिईभिटीले आज हुन लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिईभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर पारदर्शी र ब्यबस्थित रुपमा प्रबेश परिक्षा सञ्चाल गर्न हैसियत नराखेको भन्दै सिटिईभिटीको उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईको राजिनामा मागेका छन् । उनले विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई अनिर्णयको बन्दी बनाएको भन्दै संगठनले कारवाही गर्ने समेत चेतावनी दिएका छन् ।

“पारदर्शी र ब्यबस्थित रुपमा प्रवेश परीक्षा सञ्चाल गर्ने हैसियत नराख्ने सिटिइभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईलाई पदबाट राजिनामा गर्न जोडदार माग गर्दछौं । निहित स्वार्थका लागि सिटिइभीटी र सम्पूर्ण विद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दी बनाउने कार्य गर्ने जो सुकै ब्यक्ति तथा पदाधिकारीहरु संगठनको कार्बाहीमा पर्ने समेत चेतावनी दिन चाहन्छौं” विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी संयोजक बिकले डिप्लोमा तहको बर्गिकृत छात्रबृत्तिअन्तर्गत धनगढी, जनकपुरलगायतका परीक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउँदै प्रवेश परीक्षा स्थगित गरेर घृणित कार्य गरेको बताएका छन् । विद्यार्थीको भविश्यसँग खेलवाड भएको भन्दै संयोजयक बिकले विज्ञप्तिमा भनेका छन्, “प्राबिधिक क्षेत्रतर्फ गन्तब्य बनाएका हजारौं बिद्यार्थीहरुको भबिष्यसँग सम्बन्धित प्रवेश परीक्षाजस्तो संवेदनशील बिषयमा खेलवाड गर्ने/गराउने सिटिइभीटीको गैरजिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम बिद्यार्थी वर्गलगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं । साथै तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न जोडदार माग गर्दछौं ।”

संयोजक बिकले राज्यका शैक्षिक निकायहरु बिद्यार्थीहरुको हितको पक्षमा न्युनतम समझदारी पनि कायम नगरी सिटिइभीटीको प्रबेश परीक्षा र एसईईको पुरक परीक्षाको तालमेल नमिल्दा समेत हजारौं बिद्यार्थी पीडित हुनु परेको भन्दै निन्दा गरेका छन् ।

सिटिईभिटीले यसअघि आज दिउँसो २ बजे प्रवेश परीक्षा तोकेको थियो ।

विज्ञप्ति 

प्रतिक्रिया दिनुहोस