१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि विश्वविद्यालय नियमित सञ्चालनमा

अ+ अ-

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ ।

विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए । विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन फिर्ता लिएसँगै पठनपाठन नियमित सञ्चालन भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले प्रशासन र पठनपाठन नियमित सञ्चालनमा आएको बताए । विश्वविद्यालयको कार्यकारी परिषद्ले गत असार २० गते निजी आठ क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको थियो । यससँगै प्राध्यापक र विद्यार्थीले गत असार २६ गतेदेखि विश्वविद्यालयको प्रशासन र पठनपाठन अवरुद्ध पारेका थिए ।

विश्वविद्यालयले कृषि स्नातकतर्फ पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतलाई तथा वन स्नातकतर्फ सिद्धान्त क्याम्पस गैँडाकोटलाई सम्बन्धन दिएको थियो । मन्त्रिपरिषद्को बैठकले ती सबै क्याम्पसको अस्थायी सम्बन्धन दिने निर्णय रद्द गरेको पत्र विश्वविद्यालयलाई पठाएको छ । रासस

प्रतिक्रिया दिनुहोस