१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेसिया भूकम्पमा एक सयको मृत्यु, उद्धारकार्य जारी

अ+ अ-

इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको इन्डोनेसियाली भूगर्व सर्वेक्षण संस्थाले जनाएको छ । तर अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले भने यस भूकम्प ७ म्याग्नीच्यूडको मापन गरिएको बताएको थियो । यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ । यसमा भूकम्पमा परी २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् भने २० हजार आफ्नो घरवास गुमाएका छन् । भूकम्पको कारण घरवास गुमाएका व्यक्तिहरुलाई शिविर बनाएर राखिएको र उद्धारकर्ताहरुले मानवीय सहयोग गरिरहेका छन् ।

इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ । यसै क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो । सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको संयुक्त राष्ट्रसंघका उपप्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

हाल भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार कार्यमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस