९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको प्राकृतिक सम्पदाहरूसँग सम्बन्धित महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर

लोक सेवा तयारी,
अ+ अ-

१. तलका कथनहरू सम्बन्धमा विचार गर्नुहोस् ।
a. ललितपुरको जावलाखेलमा अवस्थित नेपालकै चर्चित सदर चिडियाखानाको सञ्चालन वन्यजन्तु संरक्षण नेपाल नामक संस्थाले गर्छ ।
b. वन्यजन्तु संरक्षण गर्ने कार्यमा अहम भूमिका निर्वाह गर्ने व्यक्तिलाई वन्यजन्तु सप्ताहका अवसरमा अब्राहम पुरस्कार प्रदान गरिन्छ ।
c. पन्छीहरूको ‘स्वर्ग’समेत भनिने कोशी टप्पु वन्यजन्तु आरक्षलाई सन् १९८७ मा रामसार सूचीमा समावेश गरिएको थियो ।

A. a ठिक b, c बेठिक
B. b ठिक a, c बेठिक
C. b र c ठिक a बेठिक
D. सबै ठिक

२ दिइएका केन्द्रहरू र स्थापना मितिबीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।
i                                                                                         ii

a. हात्ती प्रजनन केन्द्र, सौराहा                                                    1. वि.सं. २०४४

b. गिद्ध प्रजनन केन्द्र, कसरा                                                     2.   वि.सं. २०६५

c. जटायु रेस्टुरेन्ट, नवलपरासी                                                   3. वि.सं. २०६४

D. घडियाल प्रजनन केन्द्र, चितवन                                             4. वि.सं. २०३५

A. a-1, b-2, c-3, d-4                        B. a-1, b-3{, c-2, d-4

C.a-2, b-1{, c-3, d-4                      D.a-4, b-3{, c-2, d-1

३ नेपालमा पाइने औषधीय गुणले युक्त जडीबुटी कुशको कुन भाग औषधीका लागि प्रयोग गरिन्छ ?
A.  पात
B. जरा
C. सम्पूर्ण भाग
D. काण्ड

४. तलका कथनहरू सम्बन्धमा विचार गर्नुहोस् ।

a. गुलेली बाजे भनेर भोजराज श्रेष्ठलाई चिनिन्छ ।
b. अनार बाजे भनेर हीरालाल आचार्यलाई चिनिन्छ ।
c. पुतली बाजे भनेर कोलिन स्मिथलाई चिनिन्छ ।
d. हात्ती बाजे भनेर ढुण्डिराज पौडेललाई चिनिन्छ ।

A. a मात्र सही                                        B. a र b मात्र सही

C. a, b र cमात्र सही                                D. सबै सही

५. लालीगुराँसको घर भनेर समेत चिनिने इलामको मिल्के डाँडामा कति प्रजातिका लालीगुराँस पाइन्छन् ?

a. ३० प्रजाति
b. ३१ प्रजाति
c. ३२ प्रजाति
d. ३४ प्रजाति

६. आर्थिक सर्वेक्षण २०७३/०७४ अनुसार नेपालमा कबुलियति वनको संख्या कति छ ?
A. ६६७७
B. ६७६७
C. ७७६६
D.७६७६

७. देहायकामध्ये कुन वन्यजन्तु नेपालका संरक्षित घस्रने जीवहरूको सूचीमा पर्दैन ?

A. सालक                                                 B. सुनगोहोरो

C.अजिङ्गर                                                D. घडीयाल गोही

८. नेपालमा २६ प्रजातिका स्तनधारी, ९ प्रजातिका चरा र ३ प्रजातिका घस्रने जीवहरू संरक्षित वन्यजन्तुको रूपमा रहने प्रावधान निम्नमध्ये कुन कानुनी व्यवस्थाले स्थापित गरेको छ ?

A. वन ऐन, २०४९
B. संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न वनेको ऐन
C. चितवन राष्ट्रिय निकुञ्ज नियमावली, २०३०
D. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९

९. तलका कथनहरू सम्बन्धमा विचार गर्नुहोस् ?
a. ल्याटिन शब्दहरू फ्लोरा र फौनाले क्रमशः जनावर र बिरुवालाई जनाउँछ ।
b. कुनै पनि राष्ट्रले आफ्नो देशमा पाइने कुनै प्रजातिको वन्यजन्तुको व्यापारमा रोक लगाउन रेड डाटा बुकको अनुसूची २ मा सो प्रजातिलाई समावेश गर्न सक्छ
c. गैंडाको खागमा केराटिन नामक प्रोटिन पाइ्न्छ ।

A. a ठिक b र c बेठिक                       B. c ठिक a र b बेठिक

C. सबै ठिक                                       D. सबै बेठिक

१०. चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ हिलेकावा पन्छीको आहार देहायकामध्ये कुन जीव हो?
A. भ्यागुता                     B. शंखेकिरा

C. सर्प                          D.पुतली

११. राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रसँग सम्बन्धित देहायका तथ्यहरूबीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।
i                                                                 ii

a.शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज                                                        1. वि.सं. २०७४

b. पर्सा राष्ट्रिय निकुञ्ज                                                                   2. वि.सं. २०७३

c. मनास्लु संरक्षण क्षेत्र                                                                  3. वि.सं. २०५४

d. कञ्चनजंघा संरक्षण क्षेत्र                                                            4. वि.सं. २०५५

A. a-1, b-2, c-3, d-4                             B. a-2, b-3, c-4, d-1

C. a-2, b-1, c-3, d-4                             D . a-2, b-1, c-4, d-3

१२. लामी ताल नेपालको कुन जिल्लामा पर्छ ?
A.बझाङ                      B.खोटाङ

C.म्याग्दी                    D.डडेलधुरा

१३.तलका कथनहरू सम्बन्धमा विचार गर्नुहोस् ।
a.बहुमूल्य पत्थर टर्मालिन नेपालको दोलखा जिल्लामा पत्ता लागेको छ ।
b.नेपालमा सोडाखानी डोटी र सल्यान जिल्लामा पत्ता लागेको छ ।

A.a ठिक b बेठिक          B.   bठिक a बेठिक

C. दुवै ठिक                    D. दुवै बेठिक

१४ नेपालमा पर्वतारोही दलले पर्वतारोहण गर्नका लाति तिर्ने रकमलाई के भनिन्छ ?
A. आरोहण कर                       B.चढाईं कर

C. हिमाली दस्तुर                     D. सलामी रकम

१५. तलका कथनहरू सम्बन्धमा विचार गर्नुहोस् ।
a. गोरिल्ला पदमार्गको करिव ६० प्रतिशत भाग ढोरपाटन शिकार आरक्षमा पर्छ ।
b. प्रसिद्ध पर्यटकीय स्थल मार्फा समुद्र सतहबाट २६७० मिटरको उचाइमा पर्छ ।

A. a ठिक b बेठिक                        B. b ठिक a बेठिक

C. दुवै ठिक                                   D. दुवै बेठिक

उत्तरहरूः

1 C 9 B
2 A 10 B
3 B 11 D
4 D 12 D
5 C 13 B
6 C 14 D
7 A 15 C
8 D

http://www.prasashan.com/category/loksewa/


प्रस्तुति 
भोजराज भट्ट
 केदारप्रसाद खतिवडा

प्रतिक्रिया दिनुहोस