११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुलाइमा  बढे नेपाल आउने पर्यटक

अ+ अ-

काठमाडौं । सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महीनाको तुलनामा पर्यटक आगमन ७३.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सो महिनामा ४२ हजार २४० जनाले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१८ को सात महीनामा पाँच लाख ९३ हजार २९९ जनाले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढी हो । पर्यटक आवागमनको याम नहुँदासमेत बोर्डले प्रचारात्मक र प्रवद्र्धनात्मक अभियानलाई बढावा दिएका कारण पर्यटकको आवागमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा गत वर्षको सोही महीनाको तुलनामा ८०.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा ६६.१ प्रतिशतले वृद्धि भएको छ । चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा समेत गत वर्षको सोही महीनाको तुलनामा १२५.४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै दक्षिण कोरियाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा २१.९ प्रतिशत र जापानबाट आउनेको सङ्ख्यामा ३६ प्रतिशतले वृद्धि भएको छ । जोशीका अनुसार बङ्गलादेशबाट एक हजार ४१०, भारतबाट १८ हजार ३८५, श्रीलङ्काका एक हजार ४५७, पाकिस्तानबाट ३९७, चीनबाट १३ हजार १२३, जापानबाट एक हजार २८४, मलेसियाबाट एक हजार १९३, सिङ्गापुरबाट ३३१, दक्षिण कोरियाबाट दुई हजार ४१५, थाइल्याण्डबाट ८७२, क्यानडाबाट ९२१ तथा अमेरिकाका छ हजार ९५७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डले अध्यागमनमा दर्ता भएको तथ्याङ्कका आधारमा पछिल्लो तथ्याङ्क उपलब्ध गराएको हो । विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेका कारण पर्यटन आवागमनमा वृद्धि भएको जोशीको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । नेपाल भ्रमण वर्षको सचिवालयले आवश्यक तयारीसमेत गरिसकेको छ ।

पर्यटन प्रवद्र्धनका लागि बोर्डले १०० भन्दाबढी पर्यटकीय गन्तव्यको पहिचान गर्न सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिसकेको छ । सरकारले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउन आवश्यक रणनीति बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस