उदयपुर । करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा आइतबार विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको र अर्का घाइते भएको प्रहरीले जनाएको छ । ।
मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र घाइते उमेश मगर रहेका छन् । विद्युत्को मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मगरको मृत्यु भएको र अर्का घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।