काठमाडौं । महानरीय अपराध प्रहरी महाशाखाले पूर्व राजदूत केशवराज झाको हत्या आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रहरीले १० वर्षदेखि उनको घरमा काम गर्दै आएका सेतु तामाङ र दुई जना फुलबारीको काम गर्ने कामदारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
प्रहरीले उनीहरुमाथी शंका लागेर नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
नेपालका लागि फ्रान्सको राजदूतको भूमिका निर्वाह गरेका पूर्वराजदूत झा सोमबार विहान बबरमहलस्थित घरमा हत्या गरिएको अवस्थामा फेला परेका थिए । उनको टाउँको र घाटीमा घरकै चक्कु प्रहार गरी हत्या गरिएको थियो ।