१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् अनियमित हुँदा उपभोक्ता आजित

अ+ अ-

दोलखा । जिल्लाभर विद्युत् आपूर्ति अनियमित भएको भन्दै विद्युत् प्राधिकरण दोलखालाई नियमित गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको छ ।

नागरिक समाजका अगुवा चीरञ्जीवी मास्के, क्षेत्रीय होटल सङ्घ दोलखाका अध्यक्ष रञ्जितकुमार पाठक, दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्की, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ दोलखाका अध्यक्ष श्याम कायस्थलगायतकोे टोलीले विद्युत्को नियमित आपूर्ति गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको हो । एक दिनमा ३०–४० पटकसम्म विद्युत् अनियमित हुँदा समग्र व्यवसायी, सर्वसाधारण, सरकारी कार्यालयलगायत आम उपभोक्ता आजित भएपछि ध्यानाकर्षण गराइएको क्षेत्रीय होटल सङ्घ दोलखाका अध्यक्ष पाठकले जानकारी दिए ।

यता, प्रशारण लाइनको क्षमता कमजोर भएकोले नियमित गर्न नसकिएको प्राधिकरण शाखाका प्रमुख अमृतबाबु अधिकारीले स्वीकार गरे । उनले भने, “वर्षामा जलविद्युत् आयोजनाको क्षमताभन्दा बढी विद्युत् उत्पादन गर्ने र त्यसलाई प्रशारण गर्ने लाइनको क्षमता कमजोर रहेकोले तार अत्यधिक तातेर ओभरलोड भई आपूर्तिमा समस्या आएको हो । ”

सोही टोलीले दोलखाका प्रमुख जिल्ला अधिकारीलाई विद्युत्को निममित आपूर्तिको लागि सहजीकरण तथा आवश्यक निर्देशन पठाउन ज्ञापनपत्र बुझाएको छ । सोही क्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आवश्यक पहल गरी तत्काल समस्या समधान गर्ने प्रतिबद्धता जनाए । रासस

प्रतिक्रिया दिनुहोस