१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेक्वान्दोका गुरुहरुलाई नयाँ बिधाको प्रशिक्षण

अ+ अ-

धनगढी । प्रदेश ७ का बिभिन्न केन्द्रमा खेलाडीहरुलाई तेक्वान्दो सिकाउने टु डन माथीको प्रशिक्षकहरुलाई धनगढीमा चार दिने पुम्से सम्वन्धी प्रशिक्षण दिन सुरु भएको छ । पुम्से तेक्वान्दोमा नयाँ बिधा हो । यस अघी गोरुगी बिधा मात्र तेक्वान्दोमा थियो । यो बिधावाट मात्र प्रतियोगितामा खेलाडीले प्रदर्शन गर्ने गरेका थिए ।

एसियन गेममाा पछिल्लो समय सहभागी गराइएको यो नयाँ बिधा अगामी साफ गेममा खेलाडीले प्रदर्शन गर्न सक्ने गरी प्रशिक्षण सुरु गरिएको प्रशिक्षक करविर राज खड्कीले बताएका छन् । ‘करातेको कता जस्तै तेक्वान्दोमा नयाँ बिधा पुम्से आएको छ, यो बिधा सिकाएपछि खेलाडीले साफ गेममा प्रदर्शन गर्ने विश्वास लिएका छौं’, उनी भन्छन्, ‘यो बिधाको प्रशिक्षणले हाम्रा खेलाडीले देशका लागी तप मेडल जित्ने आशा गर्न सकिन्छ ।’ प्रदेश ७ का बिभिन्न प्रशिक्षण केन्द्रमा तेक्वान्दाका खेलाडी सिकाउने ३० जना प्रशिक्षक यो प्रशिक्षणमा सहभागी छन् ।

दिपक सिंह बिष्ट जस्ता किर्तीमानी खेलाडी जन्माएको यस प्रदेशमा यो प्रशिक्षणले तेक्वान्दोमा नयाँ आयाम थपिने नेपाल तेक्वान्दो संघ प्रदेश ७ का अध्यक्ष प्रदिप थापा बताउछन् । ‘याँ पुम्से सेमिनार २०७५’ मंगलवार एक समारोहका बिच उद्घाटन भएको थियो । उद्घाटन पछि ४ वटा प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । यो प्रशिक्षण भदौ १५ गतेसम्म संचालन हुने छ । प्रशिक्षण दिन तेक्वान्दोको जन्म भएको देश कोरियावाट ३ जना र काठमाडौं बाट एक गरेर ४ जना आएका छन् । करविर राज खड्की (नेपाल), क्वान यीअनग्देल(कोरीया), नर्वु मोक्तान(कोरिया), जित बहादुर वोटे(कोरिया)ले प्रशिक्षण दिइरहेका छन् ।

यस एक अघि एक बिधा मात्र प्रस्तुत गर्ने तेक्वान्दाका खेलाडीले गोरुगी र पुम्से दुईवटै बिधा प्रतियोगितमा प्रदर्शन गर्न सक्ने गरि सिकाउनका लागी गुरुहरुलाई यो प्रशिक्षणमा पोख्त बनाइने प्रशिक्षक खड्कीले बताए । पछिल्लो समय सुस्ताएको तेक्वान्दाका गतिबिधी युवा उद्यमी संलग्न तेक्वान्दो संघ प्रदेश ७ को सक्रियता सँगै बढेका छन । ‘प्रदेश ७ तेक्वान्दोको उर्वरभुमी हो, याहाँ धेरै प्रतिभावान खेलाडी छन, हामी उनीहरुको प्रतिभा प्रष्फुटन गर्नका लगाी प्रशिक्षण लगायतका प्रतियोगिता गरिरहेका छौं’, संघका महासचिव कटक सिंहले भने । प्रतिभावान खेलाडी जन्माउन याहाँका माटोलाई थप उर्वर बनाउन संघका अध्यक्ष प्रदिप थापाको नेतृत्वमा युवा उद्यमी लगायतको टिम पछिल्लो केहि महिना यता सक्रियताका साथ लागिरहेको उनी बताउछन् ।

प्रतिक्रिया दिनुहोस