९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडितलाई सर्पदंशको त्रास

अ+ अ-

सुर्खेत । शनिबार पञ्चपुरी नगरपालिका–४ सुर्खेतकी आठ वर्षीया बालिका लक्ष्मी शाहीको सर्पको टोकाइबाट मृत्यु भयो ।

साउन २२ गते पञ्चपुरी नगरपालिका– १० की १४ वर्षीय हरिकला उपाध्यायको सर्पकै टोकाइबाट मृत्यु भएको थियो । दुवैको मृत्यु बेलैमा उपचार नपाएकै कारण भयो । पञ्चपुरीमा अहिले सर्पदंश आतंक बढेको छ । यो आतंकबाट बाढीपीडित नै बढी आजित छन् । सर्पबाट टोकिएका दुवै बालिकाले ज्यान गुमाएपछि बाढीपीडितलगायत सबै स्थानीय त्रसित छन् ।

विशेषतः वर्षा याममा एकातिर सर्पले टोक्ने डर अर्कोतिर त्यसले डसेमा सहजै उपचार पाउन नसकिने निराशा उनीहरूमा छाएको स्थानीय समाजसेवी खड्ग बाँसपानीले बताए ।

‘सर्पदंशको आतंक २०७१ का बाढीपीडितलाई छ जसको त्रिपालमा लामखुट्टे, भ्यागुता र सर्प सजिलै पस्छन्,’ उनले भने, ‘त्रिपालभित्र चार वर्षदेखि नारकीय जीवन बिताइरहेका उनीहरूको समस्या आजपर्यन्त समधान हुन सकेको छैन ।’
गत साउन २२ गते सर्पको टोकाइबाट मृत्यु भएकी हरिकला बाढीपीडित परिवारकी भएको उनले बताए ।

सर्पदंशबाट मर्नुको प्रमुख कारण नजिकको स्वास्थ्य संस्थाबाट उपचार पाउन नसकेर नै हो । पञ्चपुरी नगरपालिकाको सालकोटमा पलाटे प्राथमिक स्वास्थ्य केन्द्र छ । सो केन्द्रले जटिल खालका र आकस्मिक उपचार सेवा दिनसक्ने अवस्थामा नरहेको उक्त स्वास्थ्य केन्द्रका प्रमुख डा. सन्दिप महतले जानकारी दिए । ‘यहाँको ठूलो समस्या भनेको बत्ती नै हो,’ डा. महतले भने, ‘बत्ती नभएकै कारण फ्रिज, विभिन्न औषधि, भ्याक्सिन जस्ता महत्वपूर्ण औषधि राख्न सकिने अवस्था छैन । फ्रिज नभएकैले एन्टिस्नेक भ्याक्सिन उपलब्ध नभएको हो ।’

सामान्यत केही काम सौर्य ऊर्जाबाट चलाउने र भिडियो एक्स–रे को तत्कालीन सेवा प्रवाहका लागि जेनेरेटर सञ्चालनमा ल्याउने गरेको उनको भनाइ छ । बराहताल तथा चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका समेटिने गरी बनाइएको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा सर्वसुलभ स्वास्थ्य सेवा नहुँदा अहिले पनि त्यहाँका नागरिक मर्कामा छन् । पञ्चपुरीका प्रमुख उपेन्द्रबहादुर थापाले स्वास्थ्य केन्द्रबाट अपेक्षित सेवा प्रवाह नहुनुमा विद्युत् मुख्य कारण रहेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख धीरजजंग शाहले तीन स्थानीय तह गरी १२ स्वास्थ्य चौकी, तीन सामुदायिक स्वास्थ्य संस्था र एक प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण भए पनि बत्तीको अभावले नागरिकले चाहेजस्तो उपचार सेवा पाउन नसकेकोे बताए । पञ्चपुरी राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ४७ किलोमिटर टाढा रहेकाले गम्भीर खालका बिरामीले सुर्खेत क्षेत्रीय अस्पतालमा नपुग्दै जीवन गुमाउनुपर्ने बाध्यता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस