१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वविद्यालयमा प्राध्यापकको तालाबन्दी

अ+ अ-

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ ।

विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि दुईवटा क्याम्पसले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अदालतमा चलिरहेको मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै प्राध्यापकले विश्वविद्यालय बन्द गराएका हुन् ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले संयुक्तरुपमा आन्दोलन गरेका छन् । मन्त्रिपरिषद्बाट भएको सम्बन्धन खारेजीको निर्णयको प्रतिरक्षा गरिनुपर्नेमा निजी क्याम्पसलाई बल पुग्नेगरी प्रमाण उपलब्ध गराएकाले विश्वविद्यालय बन्द गराइएको नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सचिव डा शङ्करराज बर्सिलाले बताए ।

यसअघि भदौ ६ गतेदेखि कृषि सङ्कायको डिनको कार्यकक्षमा प्राध्यापकले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि पनि केही नभएपछि साङ्केतिक करुपमा विश्वविद्यालय नै बन्द गरिएको आन्दोलनरत प्राध्यापकले जनाएका छन् ।

विश्वविद्यालयले सातवटा क्याम्पसलाई कृषि र एउटालाई वन विषय अध्यापन गर्न पाउने गरी सम्बन्धन दिने निर्णय गएको असार २१ मा गरेको थियो । विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरेपछि त्यसको विरोधमा विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । सम्बन्धनको विरोधमा विश्वविद्यालय २७ दिनसम्म बन्द भयो ।

मन्त्रिपरिषद्बाट गरिएको सम्बन्धन खारेजीको निर्णयविरूद्ध निजी कलेजका सञ्चालकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको मूलद्वारमा तालाबन्दी गरिएपछि नियमित काम प्रभावित भएको बताए ।

वार्ताको माध्यमबाट समस्या समाधान गर्न विश्वविद्यालय लागिपरेको उनले बताए । विद्यार्थी, प्राध्यापक, कर्मचारीलगायतले विभिन्न बहानामा पटकपटक विश्वविद्यालयमा तालाबन्दी गरिँदा पठनपाठनमा समस्या भएको छ । रासस

प्रतिक्रिया दिनुहोस