१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सरकारको शैक्षिक विकास अभियान

अ+ अ-

ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिले चित्रको माध्यमबाट सिकाउने गरी विज्ञान, गणित अङ्ग्रेजी र सामान्यज्ञान समेटिएको पुस्तक प्रकाशन गरेको हो ।

गाउँपालिकाभित्रका धार्मिक पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको जानकारी समेटिएको पुस्तक प्रकाशन गरेर पालिकाभित्रका सबै विद्यालयमा अनिवार्य अध्ययन अध्यापन गराउनुपर्ने गरी लागू गरिएको गाउँ शिक्षा समिति संयोजक उज्ज्वन बुढाथोकीले जानकारी दिए ।

“स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर स्थानीय भाषा र विषयवस्तु समेटिएको पुस्तक प्रकाशन गरेर लागू गर्न पाउने नियम छ”, अनुगमन समितिका संयोजकसमेत रहेकका बुढाथोकीले भने, “शैक्षिक सुधारको अभियानअन्तर्गत पाठ्यपुस्तक प्रकाशन गरेर लागू गरिएको हो । यसले स्थानीय अवस्थाबारे पनि जानकारी दिनेछ र अध्ययन अध्ययापनमा पनि सहजता ल्याउने छ ।” प्रकाशित पाठ्यपुस्तक उक्त गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा निःशुल्क पठाइएको उनको भनाइ छ ।

चालु शैक्षिक सत्रमा कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू भएको र आगामी शैक्षिक सत्रदेखि क्रमशः माथिल्लो कक्षामा स्थानीय पाठ्यपुस्तकमार्फत पठनपाठन हुने गाउँपालिका अध्यक्ष नवराज केसीले बताए । “सामुदायिक विद्यालयप्रति नागरिकको विश्वास घट्दो छ । यो अवस्था सुधारका लागि हामी प्रयास गरिरहेका छौँ”, अध्यक्ष केसीले भने, “दुई वर्षभित्रमा चम्पादेवीका सबै सामुदायिक विद्यालय नमूना बनाउने गतिमा काम भइरहेको छ ।” उक्त गाउँपालिकाभित्रका ४२ विद्यालयमा कक्षा एकमा पढ्ने करीब ५५० विद्यार्थी छन् । उनीहरू सबैले यस वर्ष स्थानीय विषयको पुस्तक पढ्न शुरु गरेका छन् ।

गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्यालेण्डरसमेत प्रकाशनमा ल्याएको छ । प्रकाशित स्थानीय विषयको पाठ्यपुस्तक र शैक्षिक क्यालेण्डर गाउँपालिका अध्यक्ष नवराज केसीले यहाँ आयोजित एक कार्यक्रममा लागू भएको घोषणा गरेका छन्। उक्त गाउँपालिका स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेर लागू गर्ने जिल्लाको पहिलो स्थानीय सरकार हो । शैक्षिक विकास र गुणस्तर सुधारका लागि १५ बुँदे कार्यक्रम तय गरेर काम गरिरहेको पनि बताइएकोे छ । रासस

प्रतिक्रिया दिनुहोस