१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएस ओपनः जापानी खेलाडी नाओमी ओसाकालाई उपाधि

अ+ अ-

न्यूयोर्क । युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् ।

खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को सोझो सेटमा सेरेनालाई पराजित गरेकी थिइन् ।

खेलका मुख्य निर्णायक कार्लोस रामोसमाथि गरेको गालीगलौजका कारण सेरेनामाथि जरिवाना समेत गरिएको थियो । दोस्रो सेटबाट सुरु भएको त्यो विवादका कारण सेरेनाले कोर्टमै र्याकेट फाल्नुका साथै तोडफोड गरेकी थिइन् । यही सेटमा नाओमीले ५–३ को अग्रता समेत लिएकी थिइन् ।

खेल समाप्ती पश्चात् प्रतिक्रिया दिँदै ओशाकाले सेरेनाको चर्को आवाजले आर्थर एस रंगशाला नै गुञ्जायमान भए पनि आफूले खेललाई सामान्य ढङ्गबाट लिएको बताइन् । उनले भनिन्, “मलाई अतिरिक्त प्वाइन्ट दिइएको थियो, र यसबाट म केही असमन्जसमा परेकी थिएँ । तर मैले खेलमै आफूलाई केन्द्रित गरिरहेको थिएँ । सेरेना कुनै पनि समयमा खेलमा फर्कन सक्ने सम्भावना मैले देखिरहेको थिएँ ।”

एक छोरीकी आमा सेरेनाले २४औं ग्रान्डस्लाम प्रतियोगिता जित्ने अपेक्षा राखेकी थिइन् । नाओमीलाई युएस ओपनको कप दिँदा दर्शक दिर्घाबाट असन्तोष समेत प्रकट भएको थियो ।

तर सेरेनाले आफ्ना समर्थकलाई शान्त पार्दै भनिन् , “होइन, नाओमीले ज्यादै राम्रो खेलिन् । यो उनको पहिलो ग्रान्डस्लाम हो । हामी सबैले उनलाई सम्मान गर्नु पर्दछ ।”

सेरेनालाई आदर्श महिला मान्दै आएकी नाओमीले भनिन्, “युएस ओपनमा सेरेनासँग खेल्ने मेरो पनि सपना थियो । मैले आफूलाई आज अत्यन्त भाग्यमानी सम्झेकी छु ।”

मार्चमै भएको इन्डियन्स वेल्स प्रतियोगितामा समेत नाओमीले सेरेनालाई पराजित गरेकी थिइन् । रासस

प्रतिक्रिया दिनुहोस