१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनु पर्दछ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् । बालुवाटारमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आज उद्घाटन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताए ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विकासमा पछि पर्‍यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने भन्दै प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिमका सम्भावना धेरै भएको र आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक जनशक्ति आदि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्ने बताए । उनले शिक्षामा एक बर्ष भित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताए । उनले भने, ‘सरकार कसैको मुख हैन कामको परिणाम हेर्छ’ ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुको छानविन गर्न दुईवटा समिति गठन गरेका छन् । एउटा विश्व विद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र अर्को आर्थिक बिषयमा उठेका गुनासाहरुका बिषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिबको नेतृत्वमा समिति गठन गरेका छन् ।

दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ । समितीको प्रतिवेदन अध्ययन गरेर विश्व विद्यालयसभाको बैठक पुन आयोजना गर्ने गरी स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस