८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेल दुर्घटनामा कम्तीमा २० घाइते

अ+ अ-

पाकिस्तान । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा २० जना घाइते भएका पाकिस्तानी रेल सेवा सम्बद्ध एक अधिकारीले बताएका छन् । कुशल खान रेल कम्पनीको रेलका आठ डब्बा पञ्जावको एटक जिल्लाको सोहान पुल–माखन्द स्टेशनबीचको क्षेत्रमा लिकबाट बाहिरिँदा दुर्घटना भएको पाकिस्तान रेल सेवाका केन्द्रिय प्रवक्ताले बताए ।

रेल दुर्घटना भएको केही समयभित्रै प्रहरी, सुरक्षाकर्मीलगायतका उद्धार समूहहरू घटनास्थल पुगी घाइते सबैजनालाई उपचारका लागि एटकस्थित जिल्ला अस्पतालमा लगिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकोले सघन उपचार कक्ष (आइसीयु) मा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घतनाग्रस्त रेल दक्षिणी बन्दरगाह शहर कराँचीबाट उत्तरपश्चिमी शहर पेशावरतर्फ गइरहेको थियो । दुर्घटनापछि उक्त खण्डमा रेल सेवा अवरूद्ध भएको छ । यसैबीच घटनाबारे अनुसन्धान गर्न एउटा विज्ञहरू सम्लग्न रहेको छानविन समिति गठन गरी जिम्मेवारी दिइसकिएको प्रवक्ताले बताए ।

पाकिस्तानको संसदमा पेश भएको एक रिपोर्ट अनुसार पाकिस्तानमा सन् २०१३ देखि २०१६ को अन्त्यसम्म ठूला तथा साना गरी ३३८ रेल दुर्घटना भएका छन् भने उक्त घटनाहरूमा ११८ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा कमजोर रेलमार्ग, पूराना गाडी, गैर–व्यवसायिक कर्मचारी र पूराना संरचनाका कारण दुर्घटना हुने गरेका रिपोर्टमा उल्लेख छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस