काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ जना नेपालीको शव नेपाल ल्याइँदै छ ।
मलेसियाको सेलांगोर राज्यमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ९ जनामध्ये ४ जनाको शव भोलि नेपाल ल्याउने तयारी भएको बताइएको छ ।
डडेल्धुराका विशाल बुढाथोकी, धादिङका मिमबहादुर घले, रूपन्देहीका रामकुमार यादव र सुनसरीका सञ्जय यादवको शव भोलिसम्म नेपाल पुग्ने बताइएको छ ।