१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेसियामा भूकम्प  र सुनामीमा परीज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो, पुनः शक्तिशाली भूकम्प

अ+ अ-

जाकार्ता । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ ।

यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक सङ्ख्या ८४४ पुगेको थियो । तर स्थानीय समयानुसार मङ्गलबार अपराह्न १ बजेसम्म भूकम्प र यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार २३४ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायमा प्रवक्ता सुटोपो नुग्रोहोले बताउनु भएको छ ।

यसैबीच इन्डोनेसियाको दक्षिणी तटीय क्षेत्रमा रहेको सुम्बा द्वीपमा मङ्गलबार विहान दुई ओटा भूकम्प गएको छ । मङ्गलबार बिहान सुम्बा द्वीपबाट करिब ४० किलोमिटर टाढा रहेको स्थान ५.९ म्याग्नीच्यूडको भूकम्पबाट प्रभावित भएको बताइएको छ । यस द्वीपमा करिब ७ लाख ५० हजार व्यक्तिको बसोवास रहेका छ ।

यस भूकम्पको करिब १५ मिनेट पछि सोही इलाकामा ३० किलोमिटर गहिराईमा ६.० म्याग्नीच्यूडको अर्को शक्तिशाली भूकम्प गएको थियो । सुम्बा द्वीप सुलावेसी द्वीपबाट करिब १ हजार ६ सय किलोमिटर दक्षिणतर्फ पर्दछ ।

शुक्रबार शक्तिशाली भूकम्प गएको इन्डोनेसियामा मङ्गलबार विहानको भूकम्पबाट पुनः त्रास फैलिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस