१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रावि र नीजि शिक्षकका भरमा मावि सञ्चालन

अ+ अ-

पाल्पा । पाल्पाका दुई विद्यालयमा मावि दरबन्दी नरहेपनि कक्षा सञ्चालन भइरहेको छ । रिब्दीकोट गाउँपालिकाको लक्ष्मी मावि माल्मुल र भाष्कर मावि ठिमुरेमा दरबन्दी नै छैन ।

प्राविका शिक्षक र नीजि शिक्षकका भरमा माविमा कक्षा सञ्चालन गर्नु परेको छ । मावि तथा आधारभूत तहमा पर्याप्त दरबन्दी नहुँदा विद्यालयलाई शौक्षिक गुणस्तरसँगै शिक्षकको पारिश्रमिक व्यवस्थापनमा समस्या भएको छ । तल्ला तहका शिक्षकका भरमा माविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । दरबन्दी नभए पनि अनुदानका शिक्षकसमेत आकर्षक सुविधा नहुँदा आवदेन दिन रुचाउँदैनन् । अनुदानका शिक्षक करारका हुन् ।

कालिका आधारभूत जोगीथुम र दुर्गा भवानी आधारभूत विद्यालय देउरालीमा शिक्षक दरबन्दी नहुँदा प्रावि तहका शिक्षकका भरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । भाष्कर माविमा एक नीजि स्रोतका शिक्षक छन् । उनको मासिक पारिश्रमिक २० हजार रहेको छ । मासिक सात÷सात हजारमा नीजि स्रोतबाट दुई शिक्षक नियुक्त गरेपछि तलब कसरी जुटाउने भन्ने समस्या छ । पठनपाठन प्रभावित हुँदै आएको छ ।

प्राविमा चार शिक्षकको दरबन्दी, आधारभूत तहमा दुई र एक राहतका शिक्षक छन् । नीजि स्रोतका शिक्षकलाई मासिक तलब खुवाउन समस्या भएको प्रधानाध्यापक रिखबहादुर खत्री बताउँछन् । गत आवमा गाउँपालिका र स्थानीय बासिन्दाको सहयोगमा नीजि स्रोतका शिक्षकलाई तलब खुवाइएको थियो । यस वर्ष स्थानीय बासिन्दाबाट पैसा सङ्कलन गरी तलब खुवाउनुपर्ने बाध्यता छ ।

एक अनुदान शिक्षकका लागि कोटा पाए पनि विज्ञापनअनुसार कसैले पनि आवेदन नदिएको प्रअ खत्रीले बताए । “आवदेन नपरेपछि अहिले तेस्रो पटक विज्ञापन गर्नु परेको छ,” उनले भने। लक्ष्मी माविमा १२५ विद्यार्थी अध्ययनरत छन् । पाँच नीजि स्रोतका शिक्षक छन् । खर्च धान्न नसकेपछि तीन जनाको नविकरण हुन सकेको छैन । मावि तहमा नीजि स्रोतका एउटा शिक्षकलाई आठ हजार ५०० तथा अर्कोलाई चार हजार ५०० तलब उपलब्ध गराइएको छ ।

विद्यालयका प्रअ प्रेमबहादुर खड्का अर्को वर्षदेखि विद्यालय सञ्चालन गर्न गाह्रो हुने बताउँछन्। महोत्सवबाट सङ्कलन भएको रकम तथा गाउँपालिकाको सहयोगबाट नीजि स्रोतका शिक्षकलाई तलबको व्यवस्था गर्नु परेको छ । विद्यालयमा तीन शिक्षक दरबन्दीका, दुई राहत तथा आधारभूत तहमा तीन राहतका शिक्षक कार्यरत छन् । रासस

प्रतिक्रिया दिनुहोस