९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा योजना कार्यान्वयनमा

अ+ अ-

धनगढी । नजिकिँदै गएको बडादशैँ, दीपावली र छठपर्वको समयमा कुनै अवाञ्छित एवं आपराधिक घटना हुन नपाओस् भनेर जिल्ला प्रहरी कार्यालय कैलालीले सुरक्षा कार्य योजना कार्यान्वनमा ल्याएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा कार्यालयका प्रमुुख प्रहरी उपरीक्षक विनोद घिमिरेले चाडपर्वको समयमा आपराधिक एवं अवाञ्छित घटना बढ्न सक्ने भन्दै यस्ता घटना हुन नदिनका लागि सुरक्षा कार्य योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

सुरक्षा कार्य योजनाअन्तर्गत चाडपर्वको समयमा कार्यालयको सुरक्षामा खटिने प्रहरीबाहेक ७३२ प्रहरी र आवश्यकताअनुसार सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको छ ।

यस्तै चाडपर्वको समयमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरी कैलालीको प्रमुख सीमानाका त्रिनगर भन्सार सीमानाका साथै धनगढी, अत्तरिया र लम्कीमा ‘हेल्प डेस्क’ (सहायता कक्ष) समेत स्थापना गर्न लागिएको छ ।

त्रिनगर भन्सार सीमा नाकामा पहिलोपटक अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरको व्यवस्थासहितको ‘हेल्प डेस्क’ स्थापना हुन लागेको जनाइएको छ । चाडपर्वको समयमा सीमा क्षेत्रमा बढ्न सक्ने आपराधिक गतिविधिलाई निरुत्साहित गर्न सीमापारि भारतीय प्रहरीसँग पनि समन्वयको व्यवस्था मिलाइएको छ ।

सुरक्षा योजनाअन्तर्गत नगर क्षेत्रमा सादा पोशाकका प्रहरी टोली, मोटरसाइकल गस्ती र मोबाइल गस्ती, पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको अत्तरियादेखि चिसापानीसम्म आवश्यकताअनुसार प्रहरीको थप गस्ती टोलीको व्यवस्था पनि गरिएको छ ।

यातायातका साधनमार्फत् गन्तव्यमा जानेको यात्रा सहज र सुरक्षित बनाउनका लागि निगरानी गर्ने व्यवस्था मिलाइएको र आफ्नो गाउँठाउँमा कुनै प्रकारको असुरक्षाको वातावरणको स्थिति देखिएको अवस्थामा तत्कालै जिल्ला प्रहरी कार्यालयको टेलिफोन नम्बर १००,१०४ वा ९१५२१०८६ मा फोन गर्न सकिने पनि प्रहरी उपरीक्षक घिमिरेले आग्रह गरे। रासस

प्रतिक्रिया दिनुहोस