९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदर्शनीको आकर्षण बन्यो रु दुईको पुस्तक

अ+ अ-

काठमाडौं । के तपाईँ रु दुईमा पुस्तक पढ्न चाहनुहुन्छ ? नेपाल प्रज्ञा प्रतिष्ठानले एक महीनादेखि आफ्नो परिसरमा आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा उक्त मूल्यमा ‘काव्यार्चना’ नामक कविता सङ्ग्रह प्राप्त गर्‍यो भने आश्चर्य नमान्नु होला ।

प्रतिष्ठानले ४६ वर्ष अगाडि प्रकाशनमा ल्याएको उक्त सङ्ग्रहमा केदारमान व्यथित, बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भवानी भिक्षु, सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल, कृष्णचन्द्रसिंह प्रधान, चूडानाथ भट्टराय, धर्मराज थापा, पोषण पाण्डे, रत्नध्वज जोशी, विजय मल्ल र श्यामदास वैष्णवका कविता छन् । ती स्रष्टाले तत्कालीन राजसंस्थालगायतका विषय समेटेर काव्यात्मक शैलीमा रचना प्रस्तुत गरेको पाइन्छ ।

प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाका अवसरमा गत भदौ १९ देखि शुरु भएर यही असोज १९ गते शुक्रबारसम्म चल्ने प्रदर्शनीमा दर्शन, इतिहास, कथा, निबन्ध, कविता, ज्योतिष, गणित, धार्मिकलगायत विधाका करीब ४०० प्रकारका पुस्तक समावेश गरिएको छ । प्रतिष्ठानले हालै प्रकाशनमा ल्याएको ‘प्रज्ञा अङ्ग्रेजी नेपाली शब्दकोश’ रु एक हजार ४०० मूल्यमा प्राप्त गर्न सकिन्छ । यो पुस्तक १०० भन्दा धेरै बिक्री भएको प्रदर्शनीका संयोजक सुधीर ढुङ्गेलले जानकारी दिए। बृहत् शब्दकोशमा रहेका शब्द र अर्थलाई अङ्गेजीमा अनुवाद गरिएको छ । रु दुईदेखि रु एक हजार ४०० मूल्य सम्मका पुस्तक प्रदर्शनीमा छन् ।

प्रतिष्ठानले ठूला साहित्यकारको स्मृति,महत्वपूर्ण दिवस तथा समारोहको अवसर छोपेर पुस्तक प्रदर्शनी गर्ने गरेको छ । पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था छ । विभिन्न पुस्तकमध्ये ‘सार्क मुलुकका महिला लेखिकाको कथा’, ‘षड्दर्शनसमुच्चय’, ‘प्रज्ञा नेपाली सन्दर्भ व्याकरण’, ‘सङ्क्षिप्त साहित्यिक शब्दकोश’, ‘दर्शनावली’का भाग १ देखि ४ सम्मका पुस्तकका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका कृति अधिकांश पाठकको रोजाइमा परेको पाइएको छ ।
लेखक विजयध्वज थापाले पुराना कृतिको सङ्ग्रहलाई पाठकको मागअनुसार प्रदर्शनीमा राखिएको पाएको बताउँदै पठन संस्कृतिको विकास गर्न प्रदर्शनी महत्वपूर्ण हुने विचार व्यक्त गरे। प्रतिष्ठानले लेखक तथा साहित्यकारका राम्रा कृतिलाई पछिल्लो समयमा अङ्ग्रेजीमा अनुवाद गरेर बिक्रीका लागि राखेको छ । स्वदेशी तथा विदेशी ख्यातिप्राप्त साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद गरेर देश विदेशमा प्रवद्र्धन गर्ने नीति प्रतिष्ठानले लिएको छ ।

नेपाली, संस्कृत, अङ्ग्रेजी भाषामा पुराना र नयाँ पुस्तक प्रदर्शनीमा समावेश गरिएका कारण त्यसको अध्ययनमा अभिरूचि राख्ने विभिन्न उमेर समूहका पाठकले आफूलाई चाहिएको विषयवस्तुका पुस्तकबारे जानकारी लिने र खरीद गर्ने गरेको पाइएको छ । अहिलेसम्म करीब रु छ लाखको पुस्तक बिक्री भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस