१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमकै इज्जत हुन् पाँचौँ डाँन ‘निर्मला’

अ+ अ-

भीमदत्तनगर । निरन्तर प्रयासका कारण सुदूरपश्चिम ‘पाँचौँ डाँन’ बन्ने पहिलो महिला खेलाडीमा आफ्नो नाम लेखाउन सफल कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीकी ३३ वर्षीया निर्मला डगौंरा दुई दशकदेखि निरन्तर खेलजगत्मा सक्रिय छन् ।

तेह्र वर्षकै उमेरदेखि तेक्वान्दो खेलमा प्रवेश गरेकी उनले धेरै राष्ट्रिय प्रतियोगितामा सहभागी भई उपाधिसमेत प्राप्त गरेकी छन् । “खेलप्रतिको लगनशीलता र मेहनतले आज प्रदेशको पाँचौँ डाँन बनेको हुँ ।” निर्मला भन्छिन्, “यसको श्रेय खेलगुरु र मेरा अभिभावकलाई जान्छ।”

खेलप्रति लगाव भएकै कारण उनी दिनको एक पटक यहाँस्थित खेलपरिसर पुग्छिन् । गत २०७४ सालमा घुँडामा देखिएको चोटका कारण अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा भने निर्मला सहभागी हुन पाएन । “विभिन्न राष्ट्रिय प्रतियोगितामा दर्जनौँ पटक सहभागी भए पनि शारीरिक समस्या हुँदा मुलुक बाहिर जान भने रोकिएँ ।” उनी भन्छिन्, “खेलकूदमा लागेर दाम नकमाए पनि नाम भने कमाएकी छु ।”

“पाँचौँ डाँन बन्न सक्नु त्यति सजिलो होइन ।” निर्मला भन्छिन्, “यसका विभिन्न मापदण्ड र चरण पार गर्दै सफल हुनेसके मात्रै सम्भव होइन्छ।” सिनियरतर्फ प्रथम ब्ल्याक बेल्ट (प्रथम डाँन) २०५६ सालमा लिएकी निर्मला पाँचौँ डाँनमा हालै मात्र पुगेकी हुन् ।“मसँगैका धेरै खेलाडी वैदेशिक रोजगारमा छन् ।” उनी भन्छिन्, “खेलकूदमा खेलाडीको सुविधा र सुरक्षा नभएकाले पलायन हुने क्रम बढेको हो ।”

खेल जगत्मै रहँदा सँगैका खेलाडी जहरसिंह चौधरीसित केही वर्षअघि विवाह बन्धनमा बाँधिएकी निर्मलाले घरायसी कामसँगै खेलकूदलाई निरन्तरता दिँदै आएकी छन् ।

“उनी (श्रीमान्) र मैले प्रथम डाँनसँगसँगै पास गरेका थियौँ ।” खेलकूदमै बसेको प्रेम चार वर्षअघि विवाहमा परिणत भयो ।” दुई वर्षको छोरा समेत रहेको बताउँछिन् । निर्मलाको बच्चाको स्याहार आमाले गर्छन् । पछिल्लो समय होटल व्यवसायसमेत सञ्चालन गरेका चौधरी दम्पतीले थारू परिकार पाउने यहाँ रिसोर्टसमेत सञ्चालनमा ल्याएका छन् ।

“साँझ खेलकूदमा हुने गरे पनि अरु बेला कटेजमा हुन्छु ।” निर्मला भन्छिन्, “छैटौँ खेलकूद यहाँ हुँदा तीन महीने स्वयम्सेवक प्रशिक्षकमा समेत जागिर खाएको थिए ।” उनीसँगै थारू समुदायकै अर्की खेलाडी भीमदत्तनगरपालिका–३ बिचपुरीका सरस्वती चौधरी पनि तेक्वान्दोकै चौथोे डाँन हुन् ।

निर्मलाभन्दा केही समयपछि तेक्वान्दो खेलमा प्रवेश गरेकी सरस्वतीले खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिएकी छन् । सरस्वती पनि निर्मलापछिकी प्रदेशको चौथोे डाँनमा एक्ली महिला खेलाडी बनेकी हुन् । “राष्ट्रिय प्रतियोगितामा समेत बिना पदक कहिल्यै फर्किनु परेन ।” उनी भन्छिन्, “पाँचौँ राष्ट्रिय खेलकूद प्रतियोगितादेखि यसलाई निरन्तरता दिँदै आएकी छु । ”

नाताले निर्मला सरस्वतीकी भाउजू पर्छिन् । “भाउजू भए पनि हामी शुरुदेखि नै साथी जस्तै हौँ ।” स्नातकोत्तर तहमा अध्ययनरत सरस्वती भन्छिन्, “महिलाले त झन आत्मरक्षाका लागि पनि खेलकूदमा आउन जरुरी छ ।” दाइको प्रेरणाबाट खेलजगत्मा आएको उल्लेख गर्दै उनी यसबाटै पनि वैदेशिक रोजगारमा धेरै सम्भावना रहेको बताउँछिन् ।

निर्मला पाँचौँ डाँन खेलाडी बनेपछि उनका प्रशिक्षक मोहनप्रताब गुरुङ पनि खुशी छन् ।“वि.सं. २०४२ सालदेखि महेन्द्रनगरमा तेक्वान्दो प्रशिक्षण शुरु भएको इतिहास छ ।” प्रशिक्षक गुरुङले भन्छन् “यो अवधिमा महिला खेलाडीतर्फ निर्मला र सरस्वतीले पाएको सफलता गर्वको विषय हो ।”“दुई दशकसम्म निस्वार्थ खेलजगत्मै रहनु निर्मलाको ठूलो लगानी हो ।” गुरुङ भन्छन्, “उनको सफलताले हाम्रो पनि शिर उचो भएको छ ।” पाँचौँ डाँनलाई स्नातक उत्तीर्णसम्म मान्यता दिइने उनको भनाइ छ ।

पछिल्लो समय कवर्ड हलमा पहिलो पटक राष्ट्रिय खेलकूद परिषद्को रु २५ लाख लगानीमा तेक्वान्दोको प्रशिक्षण केन्द्रसमेत निर्माण भएको छ । कञ्चनपुरमा करीब आधा दर्जन तेक्वान्दो डोजाङ सञ्चालन रहेकामा जिल्लाभर करीब ७०० खेलाडी रहेको प्रशिक्षक गुरुङ जानकारी दिन्छन् ।

खेलकूदमा भविष्य नदेख्दा खेलाडी पलायन हुने गरेको प्रशिक्षक गुरुङको भनाइ छ । “खेलकूदमा लागेर रोजगारलगायत सुरक्षाको सुनिश्चितता भएमात्रै खेलकूदको विकास हुनसक्छ ।” उनी भन्छन् , “आफ्नै लगानीमा प्रतियोगितामा भाग लिनुपर्ने अवस्था अझै अन्त्य भएको छैन ।”

प्रतिक्रिया दिनुहोस