१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनहिलमा पर्यटकको भीड

अ+ अ-

बेनी । अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो ।

अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक वीरेन गर्बुजा पुनले बताए । उनका अनुसार, घोडेपानी हुँदै पुनहिल क्षेत्रको भम्रणमा आउने अधिकांश पर्यटक बाह्य मुलुकका रहेका छन् । गुराँसे जङ्गल हुँदै पुनहिल पुगेका पर्यटक बिहानी सूर्योदयको अवलोकनसँगै गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे नीलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गरी फर्कने गरेका छन् ।

अन्नपूर्ण फेरोको पदमार्गले समेटिएको पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेकाले आफू चार पटकसम्म यस क्षेत्रको भ्रणमा आएको पुनहिलमा पुगेका क्यानडाका पर्यटक नर्मनले बताए। “म ७८ वर्षको भएँ, मलाई यो ठाउँ असाध्यै मन पर्छ, म चार पटक नेपाल आएँ, चारै पटक यसै क्षेत्रको भ्रमणमा आएको छु, यहाँको सुन्दरता र पर्यटकीय व्यवस्थापनले मलाई आकर्षित गरेको छ”, उनले भने ।

विभिन्न क्षेत्रबाट आउने पर्यटकको आवास र खानाको लागि घोडेपानीमा २३ सुविधासम्पन्न होटल सञ्चालनमा छन् । पर्यटक आगमन बढ्दै गएपछि होटल व्यवसायीले समेत सेवा सुविधालाई गुणस्तरीय बनाउँदै लगेको स्थानीय होटल व्यवसायी ओमनारायण पुनले बताए । “पहिले केही समस्या थियो, अहिले यहाँका व्यवसायीले होटलको क्षमता विस्तार गर्दै लगेका छन्, यहाँ आउने पर्यटकलाई खान र बस्नको कुनै समस्या छैन, हामीले पर्यटकलाई आरामदायी बसाईलाई ध्यानमा राखेर सेवा दिँदै आएका छौँ”, उनले भने ।

घोडेपानी र पुनहिल क्षेत्रको भम्रणमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रने गरेका छन् । यहाँ पर्यटकलाई थप आकर्षित गर्न पदमार्गलाई नियमित सरसफाइ गर्ने व्यवस्था गरिएको छ भने प्लाष्टिकमुक्त बनाइएको छ । कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा, फूलबारी भएर घोडेपानी पुग्न सकिन्छ । पर्यटकीय पुनहिलमा प्रवेश टिकट र चिया पसलको लागि यस वर्ष मात्रै अन्नपूर्ण गाउँपालिकाले रु ७० लाखमा ठेक्का लगाएको छ । रासस

प्रतिक्रिया दिनुहोस