८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुलाघाटमा स्वास्थ्य सहायता कक्ष

अ+ अ-

बैतडी । भारतबाट घर फर्कने नागरिकलाई लक्ष्य गरी सीमा नाका झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सो कक्षमा ८५ जनाको रगत परीक्षण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयका अनुसार भारतको मलेरिया प्रभावित क्षेत्रमा काम गरी फर्कने नागरिकलाई लक्ष्य गरी सो कक्ष स्थापना गरिएको हो । “मलेरिया देखिए निःशुल्क उपचार गछौँ,” उनले भने । यस्तै जिल्लाको शिवनाथ गाउँपालिकाको कुस्मौद घाटमा पनि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सीमानाका झुलाघाटमा दशरथचन्द नगरपालिकाको सहयोगमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो ।

“घर फर्कने नेपालीमा किटाणु हुनसक्ने भएकाले कक्ष स्थापना गरिएको हो,” पाण्डेयले भने। मङ्गलबारदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको गत आसोज १९ गतेको निर्देशनअनुसार सीमामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस