१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पाराग्लाईडिङ्ग विश्व कप २०१८’ कार्तिकमा हुने

अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक ‘पाराग्लाईडिङ्ग विश्व कप २०१८’ आयोजना गरिने भएको छ ।

नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा उक्त कप हुन लागेको हो ।

हालै इन्डोनेसियामा सम्पन्न १८ औँ एशियान गेममा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाईडिङ्ग आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।

स्याङ्गजाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने प्रतियोगिता कार्तिक १५ देखि १९ गते सम्म हुने छ । उक्त मैदान पाराग्लाईडिङ्गको ट्रेनिङ्ग सेन्टरको रूपमा समेत विकास गरी रहेको संघले जनाएको छ । यस अघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरी सकेको छ ।

पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल सहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, भारत, पाकिस्तान र इरानको प्रतिस्पर्धा रहने महासचिव राउतले बताए । नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको सङ्ख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राउतले बताए ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरूको समूह हुने छ । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्ने छ । ६ चरणको अङ्कलाई जोडेर पहिलो, दोस्रो तथा तेस्रोको घोषणा गरिने छ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ से।मि।को हुने आयोजकले जनाएका छन् ।

नेपालले क्रस कन्ट्रीमा आफूलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ । १८ औँ एसियाली खेलकुदमा नेपालले पदक हात पार्नु अगाडी पनि २०१८ मा मित्र राष्ट्र चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाइना लिनझाउ पाराग्लाईडिङ्ग प्री – विश्व कपमा नेपालका विशाल थापाले नेपालका लागि कास्य पदक दिलाउन सफल भएका थिए । यसका साथै इन्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रीमा पहिलो स्थान र चीनमा भएको प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल भई सकेको संघले जनाएको छ ।

जिल्ला समन्वय समित, स्याङ्गजा, जिल्लाको स्थानीय सरकारको सहयोगमा हुने प्रतियोगिताका विजयी टिम तर्पm प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने व्यक्तिगत तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाँको हुने संयोजक शैलेन्द्रले बताए ।

प्रतिक्रिया दिनुहोस