१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

अ+ अ-

नवलपरासी । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौं, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ ।

हरेक वर्ष एक सिङ्गे गैँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज, नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजनामा हुने सो प्रतियोगिता विगत १५ वर्षदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको आयोजक नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले रु चार लाख ९९ हजार ५५५ का साथ आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि रु ५१ हजार र द्धितीय हुनेले दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउने छन् ।

यसैगरी उत्कृष्ट खेलाडीलाई पाँच हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजारसहित प्रमाणपत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्सबापत प्रतिखेल रु तीन हजारका दरले उपलब्ध गराइने छ ।

गैँडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउने, खेलकूद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नेलगायतका उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिन लागिएको हो ।

पोखरीमा गोही भेटियो

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ खजुराको स्थानीय पोखरीमा आइतबार गोही देखापरेको छ । बर्दघाट नगरपालिका–५ खजुरा बस्दै आएका विजय भट्टराईको पोखरीमा गोही देखा परेको हो ।

उक्त गोहीलाई आज सम्बन्धित निकायको उपस्थितिमा पोखरीबाट निकालिने र डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको स्थानीय गोपाल पाण्डेले जानकारी दिए।

पश्चिम नवलपरासीमा पछिल्लो पटक विभिन्न नदीनाला तालतलाब क्षेत्रमा गोही फेला पर्ने क्रम बढ्दै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस