९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध नियन्त्रण चुनौतीपूर्ण

अ+ अ-

नेपालगञ्ज । बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ ।

जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक नभएकाले अहिले जिल्लालाई लागुऔषध मुक्त बनाउन र दुर्व्यसनीलाई पुनःस्थापना गर्न प्रहरी प्रशासनले सतर्कता बढाएको छ । उक्त कार्यका लागि सीमा नाकामा जाँचमा कडाई गर्नुका साथैदुर्व्यसनीका लागि विभिन्न सङ्घसंस्थाले पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरे पनि लागुऔषध कारोवार र सेवनकर्ताको सङ्ख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी बताउँछन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल भन्छन्,“ लागुऔषध सेवन र कारोवार नियन्त्रणका लागि प्रहरीले सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहे पनि नियन्त्रणको प्रयासअनुसारको नतिजा भने आउन सकेको छैन ।” चालू आर्थिक वर्षको अहिलेसम्म उक्त कार्यालयले २२९ लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । जिल्लामा खुला सिमाना भएका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि केही महत्वपूर्ण सफलता हासिल भएको उनको भनाइ छ ।

नेपालगञ्जस्थित साहारा हाउसले चालू आवको अहिलेसम्म १५० जनालाई पुनःस्थापना गरिसकेको उक्त हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्री बताउँछन् । उनका अनुसार सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई लागुऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस