१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिङ्चे पिङ जोगाउन युवा अग्रसर

अ+ अ-

दैलेख । नारायण नगपालिका– ६, भूर्तीका गोपाल खत्री ६ युवाको समूह निर्माण गरेर चार खम्बा बाँसको खोजीमा हिँडे, नवमीको राति उनीसँगै काँडाचौरमा जम्मा भएका युवा र वृद्ध मिलेर बाबियोको पिङ बाट्ने काम सकियो, राति नै बाँस गाडेर लिङ्चे पिङ बनाए ।

देशविदेश रहेका घरमा आउने घरको सबैभन्दा जेठो व्यक्तिबाट टीका लगाएपछि एक पटक धर्ती छाड्नुपर्ने मान्यतासँगै लिङ्गे पिङको ऐतिहासिक मान्यता गाउँघरमा अहिले पनि कायमै छ ।
गाउँ र टोलमा लामो समयदेखि चल्दै आएको लिङ्चे पिङ हाल्ने र खेल्ने परम्परालाई यस वर्ष बडादशैँमा पनि निरन्तरता दिइएको छ । विशेष गरेर काठमाडौँ पढ्न गएका विद्यार्थी, जागीरको सिलसिलामा बाहिर गएका युवा र विदेश गएका युवा आआफ्नो टोल र गाउँमा जम्मा भएर वनमा पाइने बाबियो काट्ने, बाँसका चार खम्बा ल्याउने र बूढापाकाबाट बाबियो बाट्न सिकेर पिङ बाट्ने काममा सक्रिय भएको महाबु गाउँपालिकाका राजेश हमालले बताए ।

साथीभाइसँग जमघट हुने र रमाइलो हुने भएकाले पनि पिङको छुट्टै महत्व गाउँघरमा रहेको हमाल बताउँछन् । नवमीको रात गाउँका बूढापाका र युवा जम्मा हुने गर्छन्, बूढापाकाले पिङ बाट्छन् । सोही कुरा युवाले अनुसरण गर्छन् । सबै स्थानमा पिङको लागि आवश्यक पर्ने बाबियो र खम्बाका लागि आवश्यक पर्ने बाँस सजिलै पाइने भएकाले पनि गाउँ र टोलमा लिङ्चे पिङ देख्न सकिन्छ ।

सदरमुकामका पाँच स्थानमा पिङ निर्माण गरिएको छ । हरेक गाउँपालिकाका केन्द्र र युवाको जमघट हुने गाउँ मात्र हैन निकै पुराना वर र पीपलका रुखका हाँगामा समेत पिङ हाल्ने प्रचलनसयौंँ वर्षदेखि चल्दै आएको महाबु गाउँपालिका ६० वर्षीय लालबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस