१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आँखा गुमाउँदा पनि बाघ संरक्षणमा लागेँ’

अ+ अ-

बाँके । सूर्यपटुवा–४, बर्दियाका भदै थारु प्रकृतिप्रेमीका रुपमा चिनिन्छन् ।

प्रकृतिमै रमाउने, प्रकृतिसँगै गुनगुनाउने उनी सजिलै शब्द सङ्कलन गर्दै प्रकृतिका गीत गाउन खपिस भएपनि हालसम्म कुनै एल्वम भने निकालेका छैनन् । कर्णाली नदीको कोठियाघाटमा पुल बनेपछि भदैले यस्तो गीत बनाए ।

‘हात्ती गैँडा हेर साली खाता करिडोरमा
मायाप्रिती लगाउ साली डल्ला होमस्टेमा
सारी ब्लाउज किन साली ओराली बजारमा
आउ फोटो खिचाउँ साली कोठियाघाट पुलमा ।’

सामान्य पढ्न लेख्न जानेपनि पढ्न नपाएकामा निकै पछुताएका उनी भन्छन्, “बुबाले गाईसँग बाख्रा साटेपछि गोठालो भएँ । तीन कक्षाभन्दा धेरै पढ्न पाइँन । कम्तीमा १० कक्षासम्म मात्रै पढ्न पाएको भए म ठूलो मान्छे हुन्थेँ । पढ्न नपाएकामा निकै दुःखी छु ।”

एघार वर्षसम्म कमैया बसेका भदै कमैया मुक्त भइसकेपछि खरखरिया खन्ने क्रममा वि.सं. २०६० मा बाघको आक्रमणमा परे । बाघको पञ्जा बायाँ आँखामा पर्दा आँखै गुमाएर बल्लतल्ल बाँचेका उनी अहिले वन्यजन्तु र जैविक विविधता जोगाउन संरक्षणका गीत गाउँदै हिँड्छन्।

‘भारतको बाघ नेपालमा आउने,
नेपालको बाघसँग मायाप्रिती लाउने ।
उनीहरूको मायाप्रिती नछुटाऊँ
बाघ हिँड्ने बाटोमा बाधा नपुर्‍याऊँ ’

उनले बाघ संरक्षणका लागि यो गीत गाएका हुन् । “जनावरको खुशीमा हामी किन रमाउन सक्दैनौँ ? मान्छेले जस्तै अन्य जनावरमा मायाप्रिती हुँदैन र ? भारतको हात्तीले हाम्रो हात्तीसँग माया लाउछ । भारतको बाघले हाम्रो बाघसँग बिहे गर्छ । हामी किन उनीहरुको माया प्रितीमा बाधक बन्छौँ ?”, उनको प्रश्न थियो ।

बाघका कारण आँखा गुमेपछि पीडामा परेका भदैले भने, “पहिले त मलाई आक्रमण गर्ने बाघलाई खोजीखोजी मारौँ जस्तो लाग्थ्यो तर पछि बाघलाई नै आपत् परेर जोगिन मलाई आक्रमण गरेको होला भन्ने लाग्यो अनि बाघको बासस्थान संरक्षणमा जुटेको हुँ ।”

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको दुधवा राष्ट्रिय निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने बीचको करिडोर निवासी भदैको जीवन बाघको आक्रमणपछि फेरियो । घरायसी कामकाजमै ब्यस्त हुने उनी त्यसपछि एकाएक वन्यजन्तु संरक्षणमा ब्यस्त हुन थाले । जैविक विविधता र वन्यजन्तु संरक्षणकै क्रममा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)बाट ‘अब्राहम संरक्षण पुरस्कार’ पाएपछि भदै ‘संरक्षणकर्मी’को उपनामले चिनिन थाले।

उनले सुनाए, “अझ अङ्ग्रेजी चलचित्रमा अभिनय गरेपछि त संरक्षण क्षेत्र नै मेरो पेशा बन्यो ।” भदै बाघको आक्रमणमा परेपछि उसैलाई लडाएर बाँचेका थिए, टाइटानिकका कलाकार लियोनार्दो डिक्रापियोले आफैँ आएर सोही घटना बमोजिमको अभिनयसमेत गराएका थिए। फर्कंदा लियोनार्दोले दिएको चस्मा अहिले पनि उनले लगाउँदै आएका छन्।

भदै सबैलाई धर्मसँग जोडिएको बाघलाई हामीले सिकार गर्न नहुने सन्देश दिँदै हिँडेका उनले भने, “थारु समुदायमा बाघलाई पूजा गरिन्छ । हाम्रै समाजमा बाघको सिकार गर्ने पनि छन् । हामी तिनीहरु विरुद्ध निरन्तर लड्यौँ । त्यसैको नजिता अहिले हामीले बर्दिया निकुञ्जमा बाघको सङ्ख्या बढाउन सफल भएका हौँ ।” उनलाई वन्यजन्तु तस्करसँग रत्तिभर डर छैन ।

संरक्षणकर्मी भदैले भने, “आँखा गुमाउँदा पनि संरक्षणमा लागे । तस्करले गोली देखाउँदा पनि झुकिन । तस्करसँग झुकेको भए आज हामी निकुञ्जलाई नै जोगाउन सक्ने थिएनौँ । हामीलाई गर्व छ हामी संरक्षणका लागि एकजुट छौँ ।” सरकारको नेतृत्व, डब्लुडब्लुएफको आर्थिक सहयोगमा १६ वर्षदेखि बर्दिया निकुञ्जमा शुरु भएको तराई भूपरिधि कार्यक्रम (ताल)ले बाघको संरक्षणका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस